ट्राफिक सचेतना कार्यक्रम
2022-06-22 / 2022-06-22     07:30:00am - 09:10:00am     Host Chapter: Dang Lady

Location : घोराही १५ दाङ Organized By : JCI


आज मिति २०७९/३/८ गते बुधबारका दिन दाङ महिला जेसिज वर्ष २०२२का शाखा अध्यक्ष जेसि शारदा घर्ती ज्युको अध्यक्षतामा दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकुन्द रिजाल ज्युको प्रमुख आतिथ्यतामा एवं ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी नायब झविन्द्र परियार ज्यु प्रमुख प्रशिक्षक रहि दाङ महिला जेसिजको साप्ताहिक कार्यक्रमअन्तर्गत पाचौँ दिन 'ट्राफिक सचेतना' कार्यक्रम घोराही १५ तुल्सीपुर चोकमा सम्पन्न गरियो। कार्यक्रम सम्योजक जेसी दिपा पुनको स्वागत मन्तव्य रहेको कार्यक्रममा आस्था पाठको अगुवाइ सचिव जेसी सङ्गिता रोकायले गर्नुभएको थियो भने प्रमुख अतिथी ज्युले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो। कार्यक्रममा मुल सम्योजक जेसी वसन्ती सुवेदीले साप्ताहिक कार्यक्रमको बारेमा जानकारी गराउँनु भएको थियो।
कार्यक्रममा निवर्तमान अध्यक्ष जेसि ममता विष्ट ,मातृसाखा त्रिभुवन नगर जेसिजका कार्यवाहक अध्यक्ष जेसी महेश गुप्ता, सहभागीको तर्फबाट चेतबहादुर पुनले बोल्नुभएको थियो।बढ्दो सवारी दुर्घटना कम गर्न ट्राफिक नियम बारे चालकहरु जानकार हुनुपर्ने र निर्माणाधिन सडकका कारण पनि दुर्घटना बढ्दै गइरहेकाले अमुल्य मानव जिवन बचाउन ट्राफिक नियम पालना गर्नु हामी सबैको कर्तव्य भएको बारेमा कार्यक्रममा बताइएको थियो।६० जना सहभागी रहेको कार्यक्रममा धन्यवाद मन्तव्य सहित अध्यक्ष ज्युले समापन गर्नु भएको थियो भने सहजीकरण महासचिव जेसी नारायणी भण्डारीले गर्नु भएको थियो।

JCI Events Archive