रक्तदान कार्यक्रम
2022-08-09 / 2022-08-09     08:00:00am - 11:30:00am     Host Chapter: Kapilvastu

Location : Banganga-06 , Kapilvastu Organized By : JCI


कपिलवस्तु जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम मंगलबार बाणगंगा ६ को वडा कार्यालय लक्ष्मणघाटमा सम्पन्न भएको हो । बढ्दो रगतको मागलाई परि पुर्ति गर्न रक्तदान कार्यक्रम गरिएको कपिलवस्तु जेसिज बर्ष २०२२० का अध्यक्ष गुरुदेव पौडेलले बताउनु भयो । कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको बताउँदै अध्यक्ष पौडेलले सामाजिक क्षेत्रमा क्रियाशिल कपिलवस्तु जेसिजले विगतमा पनि यस्ता कार्यक्रम गर्दै आई रहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने प्रतिवद्धता व्यक्त गर्नु भयो। अस्पतालहरुमा देखिएको रगत अभावलाई कम गर्न सहयोग पुगोस भन्ने उद्देश्ले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष पौडेलको भनाई छ । नेपाल नियमित रक्तदाता संघ कपिलवस्तु र कपिलवस्तु सामुदायिक अस्पतालको सहयोग तथा जेसी अपिला टण्डनको संयोजनमा सम्पन्न रक्तदान कार्यक्रमबाट ७७ युनिट रगत संकलन भएको थियो भने कार्यक्रममा सम्पुर्ण रक्तदाताहरुलाई प्रमाण पत्र पनि प्रदान गरिएको कपिलवस्तु जेसिज बर्ष २०२२० का महासचिव चन्द्रकान्त पोख्रेलले जानकारी दिनु भयो ।

JCI Events Archive