आत्मिय जेसी मित्र,
धुलाबारी जेसीजको आतिथ्यतामा नेपाल जेसीज वर्ष–२०२४ को क्षेत्र “क” सम्मेलन निम्न मिति र स्थानमा हुन गईरहेको व्यहोरा सहर्ष जानकारी गराउँदछु ।
अतः नेपाल जेसीज वर्ष–२०२४ लाई सार्थक तथा सफल बनाउँदै युवाहरुको अन्तरनिहित प्रतिभालाई प्रशिक्षणको माध्यमद्वारा प्रष्फुटन गराई कुशल नेतृत्व तथा सबल व्यक्तित्व विकासमा योगदान पुर्याउने उद्धेश्य सहित यस वर्ष नेपाल जेसीजको "initiate, innovate, impact" प्रकरणका साथ धुलाबारी जेसीजको आतिथ्यतामा, धुलाबारी स्थित पासाङ ल्हामु स्मृति जेसीज प्रतिष्ठानमा हुन गईरहेको नेपाल जेसीज वर्ष–२०२४ को क्षेत्र “क” सम्मेलनलाई सभ्य, भव्य एवं ऐतिहासीक रुपमा सफल बनाउनका लागि तपाईं लगायत शाखाका पदाधिकारीज्यूहरुको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।
सम्मेलनको मिति, समय, र स्थानः
मितिः २०८१ साल असोज ११ र १२ गते (सेप्टेम्बर २७ र २८, २०२४)
स्थानः पासाङ ल्हामु स्मृति जेसीज प्रतिष्ठान, धुलाबरी
उद्धघाटन समयः २०८१ साल असोज ११ गते शुक्रबार बिहान ठिक ११ बजे ।
रजिष्ट्रेशन शुल्कः
प्रति जेसीज सदस्यः रु. ५, ५००।–, जुनीयर जेसीज रु. ३,५००।– (आवास सहित)
प्रति जेसीज सदस्यः रु. ३,५००।– (आवस रहित)
धन्यवाद ! जय जेसीज !!
• थप जानकारीका लागि सम्पर्क जेसी मन्जिल रसाईली, अध्यक्ष–२०२४, धुलाबारी जेसीज–९८५२६४८१४६
नोट– सम्पुर्ण राष्ट्रिय कार्यक्रमको प्रचार तथा प्रर्बद्धन डिजिटल माध्यमबाट गर्नुपर्ने शाखाले बढिमा ४ मिनेटको भिडियो बनाई नेपाल जेसीजको सचिवालयमा तथा सम्मेलन सभापतिज्युलाई २ दिन अगावै पठाउनु पर्ने छ ।