बुटवल जेसीजले प्रकाशन गरेको भित्तेपात्रो बजारमा आएको छ । २०७६ सालको भित्ते पात्रो एक कार्यक्रमका विच बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्याैपानेले विमोचन गर्नु भएको छ । बुटवल जेसीजको सभाहलमा आयोजीत कार्यक्रममा उहाँले भित्तेपात्रो विमोचन गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले जेसीजका गतिविधी क्यालेण्डरको माध्यमबाट घरघरमा पुराउने लक्ष्यका साथ फण्डराईजिङको लागि प्रकाशन गरिएको बताउनु भयो । कार्यक्रममा जेसीज पदाधिकारी तथा सदस्यकहरुको उपस्थिती रहेको थियो । क्यालेण्डर प्रकाशन समितिको संयोजकमा बुटवल जेसीजका कोषाध्यक्ष जेसी अर्जुन ज्ञवाली रहनु भएको थियो । उहाँले १००० प्रति क्यालेण्डर प्रकाशन गरिएको बताउनु भयो ।