Youth Potentiality and Entrepreneurship Training- JCI Butwal
2018-06-02 / 2018-06-02     07:00:00am - 05:00:00pm     Host Chapter: Butwal

Location : Dreamland Gold Resort, Tillotama, Rupandehi Organized By : JCI


कार्यक्रम : Youth Potentiality and Entrepreneurship Training

क्षेत्र :व्यवसायिक
संयोजक :जेसी ओमप्रकाश अर्याल
स्थान ः ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, मणिग्राम
मिति ः २०७५ जेष्ठ १९ गते शनिवार तदनुसार 2nd June, 2018

सहभागी ः ६४ जना जेसीज सदस्य
    जेसीआई सिद्धार्थ नेपाल १४ जना  
    जेसीआई सिद्धार्थ लेडी १३ जना
    जेसीआई बुटवल लेडी २२ जना
    जेसीआई बुटवल १५ जना    
उद्देश्यः
जेसीजमा आवद्ध जेसी सदस्यहरुलाई उद्यमशीलता तालिममार्फत उद्यमशीलताको विकास गर्नु ।
कार्यक्रमको संक्षिप्त विवरणः
बुटवल आसपासका जेसीज शाखाहरु मिलेर बहुशाखा तालिम सम्पन्न गरेका छन् । बुटवल जेसीजको पहलमा जेसीआई सिद्धार्थ नेपाल भैरहवा, जेसीआई सिद्धार्थ लेडी भैरहवा र बुटवल महिला जेसीजको संयुक्त आयोजनामा २०७५ जेष्ठ १९ गते शनिवार तदनुसार  2nd June, 2018 का दिन तिलोत्तमा नगरपालिका मणिग्राममा अवस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा Youth Potentiality and Entrepreneurship Training  डम्मरु वल्लभ खतिवडा (डम्बर खतिवडा) को प्रमुख प्रशिक्षकत्वमा सम्पन्न भएको थियो । तालिमको शुरुवातमा उद्योग वाणिज्य महासंघ, केन्द्रीय सदस्य सफल उद्यमी सुरेन्द्र श्रेष्ठज्यूलाई  Key-Speaker को रुपमा निमन्त्रण गरिएको थियो । 

उक्त निमन्त्रणालाई सहर्ष स्वीकार गरी श्रेष्ठले करिब १ घण्टा लामो आफ्नो अनुभव सेयरिङ्ग पश्चात् सहभागीहरुसँग अन्तरक्रियामा भाग लिई सहभागी सदस्यहरुका कौतुहलता मेटाउने प्रयास गर्नुभएको थियो । तालिममैत्री वातावरणमा उत्साहका साथ बिहान ९ः३० बजेदेखि बेलुका ४ः३० बजेसम्म आयोजना गरिएको उक्त तालिमको संयोजक जेसी ओमप्रकाश खरेल रहनुभएको थियो । तालिममा चारवटा शाखाका सदस्य पदाधिकारी तथा पूर्व अध्यक्ष ज्यूहरु गरी करिब ७५ जनाको सहभागिता रहेको थियो । तालिममा प्रमुख प्रशिक्षक डम्बर खतिवडाले देशको वर्तमान अर्थव्यवस्थालाई प्रष्ट्याउँदै आगामी दिनमा नेपालमा सम्भावित उद्यमशीलताका क्षेत्रहरुको मनग्य उदाहरण दिनुभएको थियो ।

 उक्त तालिममा विश्व अर्थतन्त्रसँग हाम्रो देश नेपालको अर्थतन्त्रलाई तुलना गर्दै आगामी दिनमा हाम्रो देशको अर्थतन्त्रका बारेमा समेत प्रष्ट्याउनु भएको थियो । सरल तथा सालिन स्वभावका साधारण व्यक्तित्व खतिवडाले वास्तवमै तालिम अवधिभर सहभागी सदस्यहरुलाई मन्त्रमुग्ध बनाउनुभएको थियो । तालिममा सहभागी सदस्यहरुले आफ्ना मनमा लागेका कौतुहलतालाई मेटाउन अन्तरक्रिया समेत गरिएको थियो । श्रव्य तथा दृश्य माध्यमबाट सञ्चालित उक्त तालिममा प्रमुख प्रशिक्षक डम्बर खतिवडाले दर्साउनुभएको भिडियो क्लिपबाट सहभागी सम्पूर्ण सदस्यहरु अत्यन्तै हौसिएका थिए । उक्त तालिममा प्रमुख प्रशिक्षक डम्बर खतिवडालाई बुटवल जेसीजका सहसचिव जेसी रमेश अर्यालले पर्याप्त सहयोग पु¥याउनुभएको थियो । 

सोही अवसरमा जेसी रमेश अर्यालले दिनुभएको Reflection Sheet मार्फत सम्पूर्ण सहभागीहरुले आफ्ना भावी योजना कोर्ने अवसर पाउनुभएको थियो । तालिमको अन्तिम चरणमा औपचारिक कार्यक्रम मार्फत कार्यक्रम समापन गरिएको थियो । उक्त समापन कार्यक्रममा बुटवल जेसीजका पूर्व अध्यक्ष, नेपाल जेसीजका पूव राष्ट्रिय अध्यक्ष तथा बुटवल जेसीज–२०१८ का वरिष्ठ सल्लाहकार सिनेटर अनुपमान सैँजुज्यू, जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीजका उपाध्यक्ष सिनेटर राजेन्द्र घिमिरेज्यू, बुटवल जेसीज पूर्व अध्यक्ष सिनेटर दिनेश प्रसाद श्रेष्ठज्यू, बुटवल जेसीज पूर्व अध्यक्ष सिनेटर राजु पौडेलज्यू लगायत जेसीआई सिद्धार्थ नेपालका पूर्व अध्यक्षज्यूहरु, जेसीआई सिद्धार्थ लेडीका पूर्व अध्यक्ष ज्यूहरुका साथै बुटवल महिला जेसीजका पूर्व अध्यक्षज्यूहरुको उपस्थितिले उक्त तालिमको गरिमा अझ बढाएको थियो । उक्त तालिमको अन्त्यमा ४ वटै शाखाका पूर्व अध्यक्षज्यूहरुले आफ्नो अनुभव शेयर गर्नुभएको थियो । पूर्व अध्यक्षज्यूहरुको अनुभव शेयरसँगै करिब ५ः०० बजे  Youth Potentiality and Entrepreneurship Training कार्यक्रम समापन गरिएको थियो ।


JCI Events Archive