Anti Drug Awareness Campaign
2019-08-08 / 2019-08-08     07:00:00am - 09:30:00am     Host Chapter: Siddhartha

Location : Nepal Nalanda Boarding School, Siddharthanagar-9 Organized By : JCI


" लागु औसध बिरुद्धको अभियानमा नागरिक समाज " भन्ने नाराका साथ आज जेसीज सप्ताह- २०१९ को पाचौं दिनको कार्यक्रम "लागु औसध सचेतनामूलक कार्यक्रम" सिद्धार्थनगर-९ स्तिथ नेपाल नालन्दा बोर्डिंग स्कूलमा जेसीआई सिद्धार्थ, नेपालका अध्यक्ष सिनेटर राकेश गुरूडंको अध्यक्षता, जेसीआई सिद्धार्थ लेडी, नेपालका अध्यक्ष जेसी पार्वती पौडेलज्यु को सह अध्यक्षतामा जेसीआई सिद्धार्थ, नेपालका निबर्तमान अध्यक्ष, नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रीय उपाध्यक्ष सिनेटर कमल भण्डारीज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
जेसीआई सिद्धार्थ लेडी, नेपालका निबर्तमान अध्यक्ष जेसी बिन्दु काफ्ले उपाध्यायज्यु, नेपाल नालन्दा बोर्डिंग स्कूलका प्रधानाध्यापक श्रीमान् कमल कोइरालाज्यु , आजका यस सचेतनामूलक कार्यक्रमका सहजकर्ता करुणा चौतारी फाउण्डेशनका प्रशिक्षक श्रीमान् अरुण थापा मगरज्यु , जेसीआई सिद्धार्थ लेडी, नेपालका अध्यक्ष जेसी पार्वती पौडेलज्यु ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सो सचेतनामूलक कार्यक्रममा कक्षा १०, ११ र १२ का बिद्यार्थी भाई, बहिनीहरुको ऊपस्तिथी रहेको थियो ।
यो जेसीज सप्ताह - २०१९ United Nations को Sustainable Development अन्तर्गत रही आजको पाचौं दिनको कार्यक्रम Good Health And Well- Being अन्तर्गत लागु औसध सचेतनामूलक कार्यक्रम गरिएको थियो।
सो कार्यक्रममा आस्था पाठ जेसीआई सिद्धार्थ लेडी, नेपालका आई टी चेयरमेन जेसी रागिनी जयसवाल ज्यु ले गर्नु भएको, कार्यक्रमको स्वागत कार्यक्रम संयोजक जेसी प्रतिमा काफ्लेज्यु ले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन जेसीआई सिद्धार्थ लेडी, नेपालका निर्देशक जेसी अम्बिका घिमिरेज्यु ले गर्नु भएको थियो ।

No photo description available

JCI Events Archive