39th Installation and Prize Distribution Ceremony.
2020-01-28 / 2020-01-28     06:00:00pm - 08:00:00pm     Host Chapter: Damak

Location : Cosmic Party Palace Damak. Organized By : JCI


निर्धारित कार्यक्रमको तालिका अनुसार कार्यक्रमको संचालन दमक जेसिज वर्ष २०१९ का महासचिव जेसि सुयोग खरेल बाट सुभारम्भ भएको थियो । कार्यक्रमको संयोजक को आसन ग्रहण पस्चात वर्ष २०१९ को वोर्डको परिचयका साथै अध्यक्ष जेसि भिमराज केसि बाट मायाको चिनो वितरण गरियो । कार्यक्रममा दमक जेसिजका पुर्व अध्यक्ष हरु, विभिन्न संघ संस्थाका प्रमुखहरु ,विभिन्न राजनैतिक पार्टिका प्रमुख ,वद्धिजिवीहरु, जेसिजका विभिन्न शाखाहरुबाट पल्नुभएका महानुभाहरुलार्ई क्रमैसँग यथा स्थानमा अतिथिको आसन ग्रहण गराउदै मायाको चिनो वितरण गरियो । विशिष्ट अतिथीहरुमा दमक नपा का उपमेयर गिता अधिकारी,नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाश प्रसाद अधिकारी , ब्चभब ब् निरुपित राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष सिनेटर विजय गुरुङ्ग लाई विशिष्ट अतिथीमा आसनग्रहण गरिएको कार्यक्रममा प्रमुख अतिथी बर्ष २०२०का राष्टिय अध्यक्ष सिनेटर अशोक शंकर हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता दमक जेसिज वर्ष २०१९ का अध्यक्ष जेसि भिम राज केसि ले गर्नु भएको थियो । अतिथी ,विशिष्ट अतिथी,प्रमुख अतिथीहरुको आसनग्रहण पश्चात कार्यक्रम संयोजक जेसि विनोद कुमार मिश्रले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम प्रमुख अतिथि ज्युले पानसमा दिप प्रज्वलन गरी समुदघाटन गरियो भने कार्यक्रमको तालिका अनुसार जेसिज आस्था,राष्ट्रिय गान सम्पन्न गरियो ।
महासचिव द्धरा संन्चालित कार्यक्ममा पुन मायाको चिनो वितरण गर्दे अध्यक्ष भिम राज चम्लागाई बाट अध्यक्षको मन्तव्य राख्नुभएको थियो । बर्ष २०१९ को वोर्डको तर्फवाट अध्यक्षलाई मायाको चिनो प्रदान गरि पहिलो चरणको कार्यक्रम समापन गरी वर्ष २०२०का निर्वाचन आयुक्तलाई कार्यक्रम हस्तान्तरण गरियो ।निर्वाचन आयुक्तले दमक जेसिजको ३९औं साधारण सभाको हरेक गतिविधिको फेहरिस्ता प्रस्तुत प्रस्तुत गर्रदै निर्बाचित पदाधिकारीहरुको क्रमैसग घोषणा गर्नुभयो । बर्ष २०२० का अध्यक्षद्धरा मनोनित सदस्यहरुको घोषणा गरि बर्ष २०२० को बोर्डलाई पुर्णता दिदै मर्यादाक्रम अनुसार सभा समक्ष सफत ग्रहण सम्पन्न गरियो । नव निर्वाचित बर्ष २०२० क अध्यक्षको प्रथम महिला सहित आसनग्रहण गरि निवर्तमान अध्यक्षलाई भुपु अध्यक्षको क्लवमा स्वागत गरि बर्ष २०१९का अध्यक्षलाई निवर्तमान अध्यक्ष घोषणा गरियो । नवनिर्वाचित अध्यक्ष जेसि कमल कटुवालबाट स्वाकरोक्ती मन्तव्य पछि निर्वाचन आयुक्तद्धरा नवनिर्वाचित महासचिव जेसि संन्जिब बरालालाई कार्यक्रम हस्तान्तरण गरियो । महासचिवले स्वागत सम्मानलाई जोड्दै क्रमैसग अतिथि , विशिष्ट अतिथि र प्रमुख अतिथीहरुले स्वागत सम्मान सहितको शुभकामना मन्तव्य राख्नु भएको थियो । अन्तमा ३५० जना भन्दा बढि उपस्थित रहेको हलमा सभाध्यक्ष गरिरहनु भएका बर्ष २०२० का अध्यक्षको धन्यवाद मन्तव्य सहित सम्पुर्ण सहभागि रात्रिकालिन भोजमा सहभागि हुन अनुरोध गर्दै कार्यक्रमको अन्त भएको घोषण गर्नु भएको थियो ।

JCI Events Archive