पोखरा जेसीजको जेसीज सप्ताह–२०२१ को शभारम्भ तथा जेसीज लाईब्रेरी स्थापना

2021-09-15

पोखरा जेसीजको सप्ताहव्यापि कार्यक्रम जेसीज सप्ताह–२०२१ विधिवत रुपमा आज मिति २०७८ भाद्र २९ गतेबाट सुभारम्भ भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १८, सराङ्गकोट स्थित श्री मणिज्योति आधारभुत विद्यालयमा सो जेसीज सप्ताह –२०२१ समुद्धघाटन सँगै जेसीज लाईब्रेरी स्थापना गरिएको छ । अन्तराष्ट्रिय बाल दिवसको अवसर पारेर सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको क्षमता वृद्धि सँगै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरियता सुधार गर्ने प्रमुख उद्देश्यका साथ भावि दिनमा सुविधा सम्पन्न आधुनिक लाइब्रेरी निर्माण गर्ने अभियान स्वरुप उक्त लाइब्रेरी स्थापना गरिएको हो । सन १९८४ बाटै उक्त विद्यालयको भौतिक संरचना निर्माण देखी विद्यार्थी लाई छात्रवृति प्रदान गर्ने लगाएतका आवश्यक सहयोग निरन्तर गर्दै आइरहेको छ । सात दिन सात भिन्न भिन्न किसिमका कार्यक्रम गरी सम्पन्न गरिने सो कार्यक्रम पोखरा महानगरपलिका – वडा नम्बर १८ का वडा अध्यक्ष श्री रणबहादुर थापा ज्यूको प्रमुख अथित्यतामा सम्पन्न भएको हो ।

पोखरा जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी ई. किरण के.सी ज्यूको अध्यक्षता रहेको सो कार्यक्रममा पोखरा जेसीजका सामुदायिक विकास क्षेत्रका निर्देशक जेसी कपिल पौडेलले आस्थापाठ र उपाध्यक्ष जेसी विनु श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि थापाले पोखरा जेसीजले समाजमा पहिले देखी नै उदाहरणीय काम गर्दै आइरहेको र हरेक वर्ष वडा नम्बर १८ लाई प्राथमिकतामा राखी कार्यक्रम गरेकोमा धन्यवाद दिदै अन्य कार्यक्रममा पनि वडा कार्यलय पोखरा जेसीजसँग सहकार्य गर्न इच्छुक रहेको समेत बताउनुभयो ।
मणिज्योति आधारभुत विद्यालयका प्र.अ क्षेत्र बहादुर भुजेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन बहादुर बानिया, पोखरा जेसीजका पूर्व अध्यक्ष जेसी शिव सुवेदी, लेखनाथ जेसीजका अध्यक्ष जेसी नवराज पौडेल, पोखरा लेडी जेसीजका अध्यक्ष जेसी विनिता सापकोटा कंडेल, वडा नम्वर १८ का वडा सदस्य सरला नेपाली लगाएतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गनुभएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक जेसी सञ्जय पौडेलले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने पोखरा जेसीजका सचिव जेसी प्रकाश घिमिरेले सो कार्यक्रम संचालन गर्नुभएको थियो ।
कार्यक्रममा सभा अध्यक्ष के.सीले जेसीजले विभिन्न संघ सस्थाहरुसंग सहकार्य गरी निरन्तर रुपमा सामुदायिक उत्तरदायित्व बहन गर्दै आइरहेको अवगत गराउँदै बिगत तिन दशक भन्दा अगाडी देखी सामुदायीक तहमा सप्ताहव्यापी कार्यक्रम गर्दै आइरहेको पोखरा जेसीजले यसलाई निरत्रता दिँदै आएको समेत बताउनुभयो । लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च सेन्टर पोखरा प्रा.लि.को मुख्य प्रायोजन, हस्पिटल पार्टनरको रुपमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर तथा बिषेश सहयोगी ई. दिवस आचार्य, र सुरेश के.सी लगाएत विभिन्न संघ संस्थाहरुको सहयोग सहकार्यले यस कार्यक्रमलाई सम्पन्न गर्न सहज भएको हुँदा सम्पुर्ण सहयोगी हातहरुप्रति आभार प्रकट गर्दै कार्यक्रम विधिवत रुपमा समापन गरिएको थियो ।


JCI News Archive