यहि असोज १९ गते वालिङ जेसीजले स्याङ्जा जिल्ला कारागारमा टिभी हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ | उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि वालिङ जेसीजका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस भीरकोट नगर सभापती जेसी यामप्रसाद अधिकारी (लक्ष्मण)ले मानवताको सेवामा जेसीजले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो | जिल्ला कारागार स्याङ्जाका कार्यालय प्रमुख चुडामणि भण्डारीले टिभी ग्रहण गर्दै यसभन्दा अगाडि पनि कारागारलाई स्वास्थ्य -सुरक्षा का सामग्री जेसीजले उपलब्ध गराएको स्मरण गर्दै तत्कालको आवस्यकतामा साथ दिएकोमा आभार व्यक्त गर्नुभयो | वालिङ जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी विश्वास लम्सालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लम्सालले जेसीज अभियानमा साथ दिनुहुने सम्पूर्णलाई धन्यबाद दिनुभयो | वालिङ जेसीजका कोषाध्यक्ष जेसी सन्दिप कंडेलको अगुवाइमा जेसीज आस्थापाठ , अन्तर जेसीज संयोजक जेसी सुदिप अर्यालले मिसन /भिजन वाचन , अध्यक्षीय सल्लाहकार जेसी ध्रुब पंगेनीको स्वागत मन्तब्य तथा वालिङ जेसीजका पुर्ब- अध्यक्ष जेसी राजु तिवारीको शुभकामना मन्तब्य रहेको उक्त कार्यक्रममा निबर्तमान अध्यक्ष जेसी होमकान्त गौतमले धन्यबाद ज्ञापन गर्नुभएको थियो | भीरकोट जेसीजका अध्यक्षीय सल्लाहकार जेसी राजकुमार गुरुङ , शाखा सम्पादक जेसी वर्षा पंगेनी , समाजसेवी बिमल अर्याल लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन वालिङ जेसीजका महासचिब जेसी यज्ञ पुरुष रिजालले गर्नुभएको थियो | वालिङ जेसीजका पूर्व सदस्य धिरज मल्ल तथा रोशन गुरुङको अनुरोधमा उक्त टिभी हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो | यसभन्दा अगाडि पनि जिल्ला कारागारलाई स्वास्थ्य -सुरक्षा लगायतका विभिन्न सामग्री जेसीजले उपलब्ध गराएको थियो |