सप्ताहव्यापी कार्यक्रम अन्र्तगत गरिव तथा विपन्न गरिवारलाई खाद्यान्न सहयोग

2021-11-08

मिति २०७८/०७/११ गते विहिवारका दिन दाङ महिला जेसीज वर्ष २०२१का अध्यक्ष जेसि ममता विष्ट डाँगी ज्यूकाे अध्यक्षता तथा घोराही उप महानगरपालिका वडा नं १३ का वडा सदस्य केशव गिरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा एकान्त टोलका अध्यक्ष कुलकुमारी सुनारा, ऐश्वर्य वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मिना गिरीलगाएतकाले मन्तव्य व्यक्त गरेका थिए । महिला जेसीजले घोराही उपमहानगरपालिका वडा नं १३ सेवा रामपुरा टोलमा रहेका ३ घर परिवारलाई दाल, चामल, नुन, सावुन, सर्फ, र आटा सहयोग गरेको छ । कार्यक्रम संयोजक रोजिना गिरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सहभागिहरुलाई धन्यावाद ज्ञापन कार्यकारिणी उपाध्यक्ष जेसि संगीता गिरीले गर्नुभएकाे थियाे । सप्ताहव्यापी कार्यक्रमका बारेमा कार्यक्रमी मुल संयोजक तथा कार्यकारिणी उपाध्यक्ष जेसि जुनकुमारी वुढाले जानकारी गर्नुभएकाे थियाे । जेसीज आस्था पाठ उपाध्यक्ष जेसि निमा सुनारले गर्नुभएकाे थियाे । कार्यक्रमको सहजीकरण महासचिव सुनिता थापाले गर्नुभएकाे थियाे ।

JCI News Archive