वालिङ जेसीज वर्ष -२०२२ को अध्यक्षमा ध्रुब पंगेनी

2021-12-30

वालिङ जेसीजकाे १९ अैाँ वार्षिक साधारणसभा तथा १८ अैाँ शाखा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले वर्ष २०२२ काे लागि जेसी धुर्ब पंगेनीकाे अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेकाे छ। निर्वाचित कार्यसमितिमा कार्यकारिणी उपाध्यक्षहरू जेसी यज्ञ पुरूष रिजाल र जेसी भानुभक्त आचार्य रहनुभएकाे छ भने उपाध्यक्षहरूमा जेसी हरि काफ्ले,जेसी एकनारायण  काेइराला (उत्तम) , जेसी करूणा काफ्ले र जेसी विदुर काेइराला निर्वाचित हुनुभएको हाे। त्यस्तै कानुनी सल्लाहकारमा जेसी अशोक तिवारी,महासचिवमा जेसी मणिप्रसाद  अर्याल , काेषाध्यक्षमा जेसी सुदिप अर्याल र अध्यक्षीय सल्लाहकारमा जेसी महेश रेग्मीलाई मनाेनयन गरिएको निर्वाचन आयुक्त वालिङ जेसीजका पूर्व अध्यक्ष जेसी देव बाेगटीले जानकारी दिनुभयो । वालिङकाे अमर हाेटलमा भएकोे कार्यक्रममा बाेल्दै प्रमुख अतिथि वालिङ जेसीजका संस्थापक अध्यक्ष जेसी लक्ष्मीप्रसाद रेग्मीले वर्ष २०२२ काे टिम जेसीजकाे गरिमालाई अझ उच्च राख्न सफल हुनेछ भन्दै बधाई तथा शुभकामना दिनुभयो । कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा वालिङ जेसीजका पूर्व अध्यक्ष जेसी अमृत अर्याल ,भीरकाेट जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी प्रसुन मगर , वालिङ जेसीजका पूर्व अध्यक्षहरू जेसी दिपक लम्साल , जेसी प्रदिप काेइराला, जेसी यामप्रसाद अधिकारी , जेसी राजु तिवारी , मानार्थ सदस्य जेसी ध्रुब प्रसाद शर्मा पंगेनी लगायत व्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियोे । निवर्तमान अध्यक्ष जेसी हाेमकान्त गाैतमकाे स्वागत , करूणा काफ्लेले आस्थापाठ, हरि काफ्लेले जेसीआई मिसन/भिजन वाचन गर्नुभएको कार्यक्रमकाे सञ्चालन वर्ष २०२१ का महासचिव जेसी यज्ञपुरूष रिजालले गर्नुभएको थियो । वर्ष २०२२ काे लागि सर्वसम्मतिले टिम गठन भएकोमा सबैप्रति वर्ष २०२१ का अध्यक्ष जेसी विश्वास लम्सालले धन्यवाद दिनुभयो ।

https://aadhikholakhabar.com/2021/12/waling_jci_pangeni/?fbclid=IwAR2_GjVSqJAj9SH2SZe7wMFuJv9XwC5Quy...

JCI News Archive