चारआली जेसिजले प्रभावकारी भाषण कला तथा उद्धघोषण तालिम शनिवार सम्पन्न गरेको छ ।
चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा ‘बिरु’ को अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अथिति मेचीनगर नगरपालिका वडा नं.१३ का वडाध्यक्ष कृष्णराज सिग्देल रहेका थिए ।
उक्त तालिमको सहजीकरण कञ्चनजङ्गा एफएमका निर्देशक दिपेन्द्र पौडेलले गरेका थिए ।
सो तालिममा कार्यक्रम कसरी चलाउने, सञ्चालकमा हुनु पर्ने गुण, प्रष्ट वक्ता कसरी बन्ने लगायतका बारेमा सहजीकरण गरिएको थियो ।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अथिति मेचीनगर नगरपालिका वडा नं.१३ का वडाध्यक्ष कृष्णराज सिग्देल, चारआली जेसिज वर्ष २०१९ का अध्यक्ष उत्तमप्रसाद पकुवाल र तालिमका प्रशिक्षक दिपेन्द्र पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।
सो तालिम समापन समारोहमा प्रशिक्षार्थी अंकित शिवाकोटी र पूजा घिमिरले आ-आफना सिकाइ मन्तव्य राखेका थिए ।
चारआली जेसिजका तालिम निर्देशक भूपेन्द्र प्याकुरेलले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुजुप सुवेदीले गरेका थिए ।