गोरखा जेसीज वर्ष २०२२ को ४१ औँ पदस्थापना तथा पद हस्तान्तरण

2022-01-25

गोरखा जेसीज वर्ष २०२२ को ४१ औँ पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा सरदमुकामा मंगलबार एक कार्यक्रम गरी पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । जेसीज वर्ष २०२२ को अध्यक्षमा शैलेन्द्र भट्ट चयन भएका छन् । भट्टको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

समितिको महासचिवमा जेसी पुष्कर गुरुङ, कोषाध्यक्षमा जेसी राजेश श्रेष्ठ, कानुनी सल्लाहाकारमा जेसी रुबेन्द्र कुँवर मनोनित भएका छन् । जेसिज वर्ष २०२१ ले वर्ष २०२२ लाई पद हस्तान्तरण गरेसँगै जेसीज गोरखा वर्ष २०२२ समितिले पूर्णता पाएको छ ।

गोरखा जेसिज वर्ष २०२१ का अध्यक्ष जेसी प्रविन बस्नेतको अध्यक्षता तथा गोरखा नगरपालिका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल जेसिज बर्ष–२०२१ का राष्टिूय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनाल, नेपाल जेसिज क्षेत्र “ख“ निरुपित राष्टिूय उपाध्यक्ष जेसी रश्मि बस्नेत र गोरखा जेसीज, गोरखाका संस्थापक अध्यक्ष जेसी शरदबाबु श्रेष्ठ, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख लगायतको उपस्थियति रहेको थियो ।


JCI News Archive