म्याग्दी जेसीजको प्रथम सञ्चालक समितिको बैठक

2022-01-25

म्याग्दी जेसीज वर्ष २०२२ को कार्य समितिको प्रथम सञ्चालक समितिको बैठक २०७८ माघ ८ गते बेनीबजारमा सम्पन्न भएको छ । शाखा अध्यक्ष जेसी सन्दिप खत्रीको अध्यक्षतामा सम्पन्न बैठकले वर्ष २०२२ को वार्षिक कार्ययोजना, प्रस्तावित आय÷व्यय माथी व्यापक छलफल गरी साधारणसभामा पारित गर्ने निर्णय गरेको छ । साथै शाखा पदाधिकारीको तालिम, आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम गर्ने, वर्ष २०२१ लाई सफलताका साथ कार्यकाल समापन गगरेको बधाई ज्ञापन गर्दै बैठक समापन भएको थियो । बैठकमा बोर्डका पदाधिकारी, पूर्व अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

JCI News Archive