नवलपुर जेसीज बर्ष २०२२ का बोर्ड पदाधिकारीले लिए प्रशिक्षण

2022-01-29


नवलपुर, माघ १५ । नवलपुर जेसीजले नवलपुर जेसीज बर्ष २०२२ का वोर्ड पदाधिकारीका लागि लुम्विनी आवासीय माध्यमिक बिद्यालयको सभाहलमा लोम अफिसर तालिम गरेको छ ।


नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक मुक्तिनाथ गैह्रेले सहभागी वोर्ड पदाधिकारीलाई तालिम प्रदान गर्नुभएको थियो ।


नवलपुर जेसीज बर्ष २०२२ का अध्यक्ष राधिका भुसालको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको सञ्चालन महासचिव लोकनाथ सिंखडाले गर्नुभएको थियो ।





प्रमुअ अतिथि समेत रहनुभएका प्रशिक्षक गैह्रेले जेसीज सदस्यले पालना गर्नुपर्ने काम कर्तब्य र अधिकारका बारेमा प्रस्टयाउनुभएको थियो । धेरै संघसंस्था र जेसीजबीचको कार्यपत्र, कार्ययोजना, कार्य सञ्चालन विधिका बारेमा देखिने फरकपनाका सम्वन्धमा उव्जेका जिज्ञासाका बारेमा प्रशिक्षक गैह्रेले स्पष्ट पार्नुभएको थियो ।


कार्यक्रममा नवलपुर जेसीज बर्ष २०१२ र १३ का अध्यक्षद्धय नवराज सुवेदी र ओमप्रकाश पौडेल एवं लुम्विनी आवासीय माविका म्यानेजिङ डाईरेक्टर त्रिलोक तिवारीले शुभकामना भनाई राख्नुभएको थियो ।



JCI News Archive