बिराटनगर जेसिजका शाखा पदाधिकारीहरुलाइ तालिम सम्पन्न

2022-02-03



बिराटनगर जेसिजमा बर्ष २०२२ मा निर्वाचित तथा मनोनित पदाधिकारीहरुलाई तालिम सम्पन्न भएको छ ।फेब्रुअरी २ तारीख बिहिवारका दिन बिराटनगर जेसिजको सभाहलमा सम्पन्न भएको तालिम पुर्व अध्यक्ष क्लबको तर्फबाट प्रदान गरिएको र उक्त तालिममा बिराटनगर जेसिज तथा जुनियर जेसिजका पदाधीकारीहरु सहभागी थिए ।

तालिमको प्रमुख प्रशिक्षक तथा प्रमुख अतिथि मा नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर फुलकुमार लालवाणी रहनु भएको थियो भने प्रशिक्षकमा बिराटनगर जेसिजका पुर्व अध्यक्ष जेसि सेवक बजगाइ रह्नु भएको थियो ।

तालिम मा बैठक संचालन विधि , पदाधिकारीले गर्नु पर्ने काम कर्तव्य , जेसिजको रुपमा समाजमा जेसिजले गर्नु पर्ने काम लगायत बिषयमा सहजीकरण गरिएको थियो ।

तालिमले आफूहरुमा अझ सहज रुपमा काम गर्ने बाताबरण निर्माण गरेको र आगामी दिनमा आफूहरु नीति र नियम बनाएर अघि बढ्न नि सघाउ पुग्ने बिराटनगर जेसिजका जेसि अध्यक्ष देवचन्द्र घिमिरेले बताए ।।

त्यस्तै बिराटनगर जुनियर जेसिजका अध्यक्ष जुनियर जेसि बिकल्प न्यौपानेले शाखा पदाधिकारीहरु लाई दिइने तालिममा जुनियर जेसिजलाई पनि सहभागी हुने अवसर प्राप्त भएको र बिराटनगर जेसिजको युथ प्रोजेक्ट ले यस किसिमको तालिम प्राप्त गरेर धेरै नया कुरा सिक्ने अवसर प्राप्त भएको बताए ।।।

बिराटनगर जेसिजमा हरेक बर्ष परिवर्तन हुने बोर्ड लाई हरेक बर्ष कार्य संचालन गर्न सजिलो होस भन्ने उदेश्यले यो तालिम प्रदान गरिने गरिन्छ । तालिमको पाठशाला भनेर चिनिने जेसिजको यो तालिम पश्चात् पदाधिकारीहरु बर्ष भरी नै विभिन्न योजना बनाएर कार्य गर्ने गर्दछन ।।
बिराटनगर जेसिजका पुर्व अध्यक्ष भै नेपाल जेसिजका पुर्व अध्यक्षका साथै JCI अन्तर्राष्ट्रियका पुर्व कार्यकारीणि उपाध्यक्ष सिनेटर सन्तोष रिजाल , नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर फुल कुमार लालवाणी , पुर्व अध्यक्षहरु सिनेटर घनश्याम राठि , जेसि टिकाराज ढकाल ,जेसि अरुण गुप्ता , जेसि सुशील रिजाल , जेसि इन्द्र खेतान , जेसि हरिबहादुर श्रेष्ठ , जेसि प्रज्वल लाल श्रेष्ठ ,जेसि टि पि आचार्य , जेसि श्यामसुन्दर पौडेल मिलन , जेसि सेवक बजगाइ , जेसि उज्वल खरेल लगायतको उपस्थिति रहेको थियो भने बिराटनगर जेसिजका निवर्तमान अध्यक्ष सिनेटर प्रदीप दाहालले संचालन गरेको कार्यक्रम बिराटनगर जेसिज पुर्व अध्यक्ष क्लबका अध्यक्ष जेसि सुरेशलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

JCI News Archive