कोभिड विरुद्धको खोप सम्बन्धि अभिमुखीकरण कार्यक्रम

2022-02-03

मिति २०७८ माघ १८ गते लेटाङ जेसिजले कोभिड विरुद्धको खोप सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रम लेटाङ नगरपालिका वडा न . २ बुधबारेमा सचेततासहित सम्पूर्ण स्थानीयलाई खोपसम्बन्धि जानकारी गराउदै खोप अनिवार्य लगाउन आव्हान गरिएको थियो । लेटाङ जेसिज का पदाधिकारी हरु, पुर्व अध्यक्ष ज्यु हरु , स्थानिय जनप्रतिनिधि, प्रहरि, स्थानिय सघं सस्थाहरु लगायत को उपस्थिति मा कोभिड खोप प्रति जनमानस मा रहेको भ्रमलाइ चिर्दै सम्पुर्ण नगरबासि हरुलाइ खोपको दायरा मा ल्याउने उदेश्यका साथ लेटाङ नगरपालिका वडा न . २ बुधबारे बाट खोप अभिमुखिकरण कार्यक्रम सन्चालनमा ल्याइएको हो। अभिमुखीकरणका क्रम विभिन्न प्रकार प्लेकार्डहरु प्रदर्शनी र मानिसहरूको आवतजावत बढी हुने स्थानमा प्लेकार्डहरु टाँस गरिएको थियोे । यसैगरी सो वडाका वडाध्यक्ष तेज प्रसाद तिम्सिनाले कोभिड विरुद्धको खोप सम्बन्धि अभिमुखीकरण कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण र अनिवार्य रहेको खोप सम्बन्धि फैलिएको अफवाहलाई प्रत्येक स्थान गएर सचेतना जगाउनु पर्ने कुरा उल्लेख गर्नु भयो । लेटाङ जेसीजका सम्पुर्ण बोर्डका पदाधिकारी साथै पुर्व अध्यक्षज्यूहरु, स्थानीय बासिन्दा, व्यापारी, समाजसेवी, प्रहरी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे ।
JCI News Archive