चारअाली जेसीजद्वारा शैक्षिक सामाग्रि बितरण कार्यक्रम

2022-02-06

चारआली जेसिजले मेचीनगरका तीन वटा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ ।

जेसिजले सरस्वति पूजाको अवसर पारेर मेचीनगर नगरपलिका वडा नंं.११ मा अवस्थित बलभद्र जनता माध्यमिक विद्यालय, मेचीनगर नगरपलिका वडा नंं.१२ सहरेडाँगीमा रहेको सरस्वति बाल कल्याण माध्यमिक विद्यालय र मेचीनगर नगरपलिका वडा नंं.१४ मा अवस्थित बाल सुबोधिनी माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको हो ।

नासा हुमन रिसोर्स प्राईभेट लिमिटेडका सञ्चालक सन्तोष कडरिया र सूर्यादय ईन्जिनियरिङ् कन्सल्टेन्सीका प्रोपाइटर समुन ओलीको विशेष सहयोगमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई झोला, कपी र कलम प्रदान गरिएको थियो ।

चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा ‘विरु’ को अध्यक्षतामा भएको कार्यक्रममा बाल सुवोधिनी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बा, सरस्वति बाल कल्याण माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सूर्य प्रकाश सापकोटा, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, बलभद्र जनता माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शान्तिराम चिमरिया, जेसिजका पूर्व अध्यक्षहरु, बोर्डका पदाधिकारीहरु, सदस्यहरु, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा बाल सुवोधिनी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बा, चारआली जेसिज वर्ष २०१५ का अध्यक्ष राजेश गिरी, बलभद्र जनता माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शान्तिराम चिमरिया र बाल सुवोधिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्व थापा लगायतले आ-आफना राखेका थिए ।

चारआली जेसिजका कानुनी सल्लाहकार संगित शिवाकोटीले जेसिज आस्था वाचन गरेका थिए भने चारआली जेसिजका उपाध्यक्ष नेत्रप्रसाद मिश्रले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुजुप सुवेदीले गरेका थिए ।

JCI News Archive