म्याग्दी जेसीजको शाखा पदाधिकारी तालिम

2022-02-07

म्याग्दी जेसीजले वर्ष २०२२ का लागि निर्वाचित शाखा पदाधिकारीहरुलाई शाखा पदाधिकारी तालिम प्रदान गरेको छ । बेनी नगरपालिका ४ स्थित श्रेष्ठ होटल हट स्प्रिङमा तालिम सम्पन्न भएको हो । म्याग्दी जेसीज वर्ष २०२२ का शाखा अध्यक्ष जेसी सन्दीप खत्रीको अध्यक्षतामा तालिम सञ्चालन भएको थियो । म्याग्दी जेसीजका संस्थापक अध्यक्ष सिनेटर रमेशकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा तालिम आयोजना गरिएको थियो ।
यही मिति २०७८ माघ २२ गते तदनुसार ५ फेब्रअरी २०२२ शनिबारका दिन श्रेष्ठ होटल हट स्प्रिङ, बेनी नगरपालिका ४ सिङ्गा तातोपानीमा शाखा पदाधिकारी तालिमको शुभारम्भ म्याग्दी जेसीज वर्ष २०२२ का शाखा अध्यक्ष जेसी सन्दिप खत्री ज्यूको अध्यक्षतामा भएको थियो । कार्यक्रम संयोजक जेसी दिनेशकुमार विश्वकर्माद्वारा जेसीज आस्था पाठको अगुवाई, तालिम संयोजक जेसी कृष्ण प्रसाद पौडेलले स्वागत मन्तव्य, महासचिव विष्मा श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । १५ जना पदाधिकारीहरुको सहभागिता रहेको उक्त तालिमको संक्षिप्त औपचारिक कार्यक्रम पश्चात प्रमुख प्रशिक्षक सिनेटर रमेश कुमार श्रेष्ठज्यूले प्रशिक्षण कार्य शुभारम्भ भएको थियो ।
  प्रशिक्षणमा प्रमुख प्रशिक्षक म्याग्दी जेसीजका संस्थापक अध्यक्ष सिनेटर रमेश कुमार श्रेष्ठ ज्यूले “म्याग्दी जेसीज स्थापनादेखि वर्तमानसम्म” शिर्षकमा, प्रशिक्षक म्याग्दी जेसीजका पुर्व अध्यक्ष एबं नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जय कुमार श्रेष्ठ ज्यूले “वार्षिक कार्ययोजना र बजेट समूहगत छलफल एबं प्रस्तुतीकरण”, प्रशिक्षक तथा बागलुङ जेसीजका पुर्व अध्यक्ष एबं नेपाल जेसीजका पूर्व कानुनी सल्लाहकार जेसी सुदिप राजभण्डारी ज्यूले “बैठक किन, कसरी र कस्तोे” शिर्षकमा र प्रशिक्षक म्याग्दी जेसीजका पूर्व अध्यक्ष जेसी विनय श्रेष्ठ ज्यूले” पदाधिकारीहरूको काम, कर्तव्य र अधिकारको शिर्षकमा सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नु भएकोे थियो।

  प्रशिक्षण पश्चात् समापन कार्यक्रममा सहभागीहरुको तर्फबाट व्यक्तिगत क्षेत्रका निरुपित उपाध्यक्ष जेसी विनोद घर्र्ती ज्यूले मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै सहभागीहरूलाई शाखा अध्यक्ष र प्रमुख अथिति तथा प्रशिक्षक सिनेटर रमेश कुमार श्रेष्ठ ज्यूबाट प्रमाण पत्र प्रदान गर्नु भएको थियो । त्यस पश्चात प्रमुख अतिथी संस्थापक अध्यक्ष सिनेटर रमेशकुमार श्रेष्ठ ज्यूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । शाखा अध्यक्ष जेसी सन्दिप खत्रीज्यूले प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गरी धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।

JCI News Archive