पौष २९,देवघाट
देवघाटधाम जेसीज(प्र.)को पहिलो बोर्ड बैठक सम्पन्न भएको छ। देवघाटधाम जेसीज(प्र.) नेपाल जेसीजको ४८ औँ राष्ट्रिय महाधिबेशन २०२१, पोखराको महासभाबाट प्रस्तावित भएपछि पहिलो बैठक बसेको हो। बैठकको अध्यक्षता देवघाटधाम जेसीज(प्र.)का अध्यक्ष जेसी विकास सापकोटाले गर्नु भएको थियो। बैठकमा संस्थाका विभिन्न ८ औटा एजेण्डा माथि छलफल भएको थियो। बैठकमा कार्यकारिणी उपाध्यक्ष जेसी.बिष्णुहरि सापकोटा (क्षितिज), कार्यकारिणी उपाध्यक्ष जेसी प्रसन्न ढकाल ,कानुनी सल्लाहकार जेसी.अर्जुन सुबेदी ,महासचिव जेसी.प्रकाश ढुंगाना ,कोषाध्यक्ष जेसी.मोहनचन्द्र बकरेल,उपाध्यक्षहरु तथा बोर्ड पदाधिकारीहरुको उपस्थिती रहेको थियो।