लागू औषधविरुद्ध सचेतता कार्यक्रम

2022-02-09

आज मिति २०७८ माघ २६ गते बुधबार लेटाङ जेसिजले लागू औषधविरुद्ध सचेतता कार्यक्रम आयोजना गरेको छ । l कार्यक्रम लेटाङ नगरपालिका वडा न. ४ मा रहेको लेटाङ ग्रीनभ्याली एकाडेमीमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लागू औषधका बारेमा डाक्टर सुजित दर्नालले उत्प्रेरणा सहित यसका जोखिम, न्यूनीकरण साथै सचेतता विषयका बारेमा सहजीकरण गर्नु भयो । कोहि जानेर कोहि नजानेर कुलतमा फस्न सक्ने भएकाले लागु औषध प्रयोग कर्ताको लक्षण, असर गरेको उमेर समुह साथै यसबाट बच्न सक्ने उपायका बारेमा सहजकर्ता डाक्टर दर्नालले बताउनु भयो । सो कार्यक्रमका बारेमा प्र.अ. सुरेन्द्रजंग राइज्यूले बोल्दै समाजमा पुर्याएको क्षति र यसको दीर्घकालीन असरबाट समाजलाई बचाउन यस्तो कार्यक्रम अन्य स्थानमा गर्दै युवाहरु बढ्दो कुलतले निम्त्याउन सक्ने खतराबाट बचाउन सबैले हातोमाले गरेर अघि बढ्नु पर्ने कुरामा जोड दिनु भयो । लेटाङ जेसिज वर्ष २०२२ को उपाध्यक्ष जेसी निमेन्द्र लिम्बूको संयोजक रहनु भएको कार्यक्रममा लेटाङ जेसीजका सम्पुर्ण बोर्डका पदाधिकारी साथै प्रधानाध्यापक , शिक्षक, विद्यार्थीहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे ।

JCI News Archive