माडी जेसीज द्वारा १ दिने आबासिय तालिम सम्पन्न

2022-02-13

माडी जेसीज द्वारा आयोजित १ दिने आबासिय सन्सदिय प्रणाली तालिम (Close Camp Training on Parliamentory Procedure ) सौराहा स्थित गौरीबारी रिसोर्टमा फाल्गुन १ मा सम्पन्न भयेको छ । प्रमुख प्रशिक्षक जेसी शिब प्रसाद भुसाल द्वारा सैध्दान्तिक तथा अभ्यास सेसनको रुपमा तालिम गराउनुभयेको थियो । नेपाल जेसीजका पुर्ब कार्यकारिणी उपाध्यक्ष सिनेटर रबिन पोख्रेलले बिसिस्ट अतिथिको रुपमा जेसिज अभियान यसका अबसरका क्षेत्र र प्रोजेक्ट प्लानीङ को लागी आधारभूत बिसयमा प्रशिक्षार्थी लाइ धारणा द्वारा प्रकाश पार्नुभयेको थियो । कार्यक्रममा माडी जेसीज, गितानगर जेसीज, देबघाट धाम जेसीज, कालिका जेसीज, रत्ननगर जेसीज, पर्सा खैरहनी जेसीज , बिसहजार जेसीज का जेसीज सदस्य पदाधिकारी को सहभागिता रहेको थियो । कार्यक्रममा ३६ जना प्रशिक्षित हुनुभयेको थियो । कार्यक्रमको सन्योजक तालिम आयुक्त जेसी सरिता महतो अपेक्षा रहनुभयेको थियो । अध्यक्ष जेसी शोभाखर अधिकारीले माडी जेसीज बर्स २०२२ ले नेतृत्वका लागी सगै भन्ने नारालाइ सफल बनाउन सबै जेसीज साखा हरुबिच सहकार्यमा कार्यक्रम र अभ्यास गरियेको बताउनु भयो । कार्यक्रममा सस्थापक अध्यक्ष जेसी रुद्र प्रसाद सापकोटा बिशिस्ट अथिती रहनुभयेको थियो ।

JCI News Archive