युवाहरुको नेतृत्व तथा ब्यक्त्वि बिकास गरि समुदायमा हस्तान्तरण गर्ने उदेश्यले जेसीस क्षेत्र नं. गका १४ वटा शाखाले संयुक्त रुपमा एकदिने मल्टी च्याप्टर प्री इन्डक्सन एण्ड लोम अफिसर तालिम माघ २९ गते शनिबार सम्पन्न गरेको छ । १८ देखि ४० बर्ष उमेर समुह भित्रका युवाहरुलाई समेटेर सक्षम नागरिक बन्न उत्प्रेरित गर्ने उदेश्य सहित संयुक्त रुपमा एकदिने मल्टी च्याप्टर प्री इन्डक्सन एण्ड लोम अफिसर तालिम शनिबार सम्पन्न भएको छ । कार्यक्रम पूर्व कानुन मन्त्री एवंम नेकपा एमालेका सचिव शेर बहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । जेसीजका बिभिन्न शाखाहरुको पदाधिकारीहरु तथा सदस्यहरु उपस्थित भएको उक्त तालिममा जेसिआई सिनेटर जेसी तथा पूर्व अष्ट्रेलियन राजदुत महेश दाहालले जेसीजको परिचय र उदेश्य प्रष्ट पार्नुको साथै शाखाका पदाधिकारीहरुको काम कर्तब्य तथा अधिकारका बारेमा प्रशिक्षण प्रदान गरेको थियो । तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि शेर बहादुर तामाङले मुलुकलाई असल नागरिकहरुको आवश्यकता भएको बताउदै यसमा जेसीसको भूमिका राष्ट्रको लागि महत्वपूर्ण रहेको बताए ।
कार्यक्रमका प्रमुख प्रशिक्षक महेश दाहालले युवा जगत जबसम्म सक्षम र क्षमतावान हुँदैनन् तबसम्म देशले विकासको गति नलिने बताए । राज्यले सक्षम नेतृत्व बनाउन नसकीरहेको बेला जेसीसले युवाहरुलाई सक्षम र क्षमतावान नेतृत्व बनाउन खेलेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उनले बताए । कार्यक्रम नेपाल जेसीस क्षेत्र “ग” का लागि निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष रमा प्याकुरेलको अध्यक्षमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल जेसीज २०२२, क्षेत्र “ग”का निरुपित राष्ट्रिय उपाध्यक्षद्धय जेसी जिवन कार्की र जेसी योगिराज अधिकारीको उपस्थीत थिए । त्यस्तै नेपाल जेसीजका राष्ट्रिय लोम लिडर कोओर्डिनेटर जेसी होम बहादुर अधिकारी, मिडिया कोओर्डिनेटर जेसी सोनितराज ढुँगेल, बर्ष २०२२ नेपाल जेसीजका राष्ट्रिय अध्यक्षका सल्लाहाकार जेसी दिपेन्द्र केसी, क्विवानिस इन्टरनेसनल नेपालका डिष्ट्रिक गर्भनर एकराज पन्त लगायत उपस्थीत थिए ।
कार्यक्रममा ईमाडोल जेसीजका अध्यक्ष इच्छा गुरुङले स्वागत मन्तब्य राखेकी थिइन भने कार्यक्रमको सहजीकरण गरेको कपन जेसीस २०२२का अध्यक्ष दिपक जंग अधिकारीले धन्यबाद मन्तब्य ब्यक्त गरेका थिए । प्रशिक्षण कार्यक्रम, एरिया ग अन्र्तगत बालाजु, बालकोट, भक्तपुर, भक्तपुर लेडी, बुढानिलकण्ठ, चम्पापुर, धापासी, गोदावरी, इमाडोल, कपन, लुभु, मनोहरा, ठिमी, ककनी (प्रस्ताबित) जेसीसले संयुक्तरुपमा आयोजना गरेको हो । राष्ट्र निर्माणमा टेवा दिन सक्षम नेतृत्व बनाउनकोलागि यस्ता तालिमहरु सञ्चालन गर्दै आएको छ ।