म्याग्दी जेसीजको प्रथम साधारणसभा सम्पन्न

2022-02-16

म्याग्दी जेसीजको प्रथम साधारणसभा सम्पन्न भएको छ । मिति २०७८ फागुन ४ गतेका दिन बेनीबजार स्थित ओमकुमारी शान्ति कोषको सचिवालयमा प्रथम साधारणसभा सम्पन्न भएको थियो । म्याग्दी जेसीजका संस्थापक अध्यक्ष सिनेटर रमेशकुमार श्रेष्ठ, पूर्व अध्यक्षज्यूहरु लगायत सञ्चालक समिति, साधारण तथा प्रस्तावित सदस्यज्यूहरुको उपस्थिती रहेको थियो । साधारणसभाले प्रस्तावित वार्षिक कार्ययोजना, वजेट पारित गरेको थियो ।

JCI News Archive