कपिलबस्तु जेसीजद्वारा स्वास्थ सामग्री हस्तान्तरण

2022-02-16

कपिलवस्तु जेसिज बर्ष-२०२२ ले आज फाल्गुन ५ गते बिहिवार सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत बाणगङ्गा-३ भक्तौली स्थित श्री गौरी भवानी मा वी भक्तौलिमा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम सप्पन्न गरेको छ। उक्त कार्यक्रममा स्वास्थ्य सामाग्री कपिलवस्तु जेसिजका अध्यक्ष जेसि गुरुदेव पौडेल कार्यकारिणी उपाध्यक्ष जेसि अमृत घिमिरे , प्रबिन पौडेल लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको कार्यक्रमको संयोजन तथा संचालन कपिलवस्तु जेसिजका महासचिव जेसि चन्द्रकान्त पोख्रेल गर्नु भएको थियो । कपिलवस्तु जेसिजका अध्यक्ष जेसि गुरुदेव पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जेसि अमृत घिमिरेले गर्नुभएको थियो ,कपिलवस्तु जेसिजका सदस्य जेसि प्रबिन पौडेल ज्युले मन्तब्य राख्दै कार्यक्रम सफल रहोस र आगामी दिनमा पनि जेसिजले सामाजिक छेत्रमा उल्लेख कार्यक्रमहरु संचालन गर्नुपर्ने बताउनुभएको थियो। त्यस्तै कार्यक्रममा बिधालयका तर्फबाट धन्यवाद मन्तव्य बिधालय प्रधानाध्यापक गोपाल चौधरी र बिधालय ब्यवस्थापन समितिका अध्यक्ष लालकुमार महत छेत्री ले कपिलवस्तु जेसिजले सामाजिक छेत्रमा काम गर्दै गर्दा बिधालयलाई रोजेकोमा धन्यवाद समेत ब्यक्त गर्नु भएको थियो। उक्त कार्यक्रममा माक्स सेनिटाइजर र ग्लब्स जस्ता स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बिद्यार्थी शिक्षक लगायत अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।

JCI News Archive