कपिलवस्तु जेसीज बर्ष-२०२२ ले आज फाल्गुन ७ गते शनिबार प्रजातन्त्र दिवसका
अवसरमा बाणगङ्गा-४ सिद्धिपुर स्थित कपिलवस्तु सामुदायिक अस्पतालमा
बिरामीलाई फलफूल बितरण कार्यक्रम सप्पन्न गरेको छ। उक्त कार्यक्रममा
कपिलवस्तु जेसीजका अध्यक्ष जेसी गुरुदेव पौडेल उपाध्यक्ष जेसी शान्ति छेत्री जेसी कुमार थापा रास्कोटी, जेसी अपिला टण्डन,जेसी बिष्णु पाण्डे,जेसी नारायण खनाल, लगायत शिवराज जेसीजका अध्यक्ष जेसी खगेन्द्र गिरि को बिशेष उपस्थितिमा हस्तान्तरण गरिएको छ। उक्त कार्यक्रम कपिलवस्तु जेसीजका महासचिव जेसी चन्द्रकान्त पोख्रेलको संयोजकत्व तथा कपिलवस्तु जेसीजका अध्यक्ष जेसि गुरुदेव पौडेलको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रम संचालन महासचिव जेसि चन्द्रकान्त पोख्रेलले गर्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तब्य
जेसी
शान्ती छेत्रीले गर्नुभएको थियो
कार्यक्रममा शिवराज
जेसीजका अध्यक्ष
जेसी
खगेन्द्र गिरि र
जेसी
कुमार थापा रास्कोटि ज्युले मन्तब्य राख्दै कार्यक्रम सफल रहोस र आगामी दिनमा पनि
जेसीजले सामाजिक छेत्रमा उल्लेख कार्यक्रमहरु संचालन गर्नुपर्ने
बताउनुभएको थियो। यस्ता कार्यक्रमले बिरामीहुदा मन बिचलित भएका बिरामिलाई
आत्मबल बढाउने बताउदै
जेसीजले यस्ता कार्यक्रम हरु गर्दै समाजका हरेक छेत्रमा उल्लेख्य भुमिका
निर्वाह गर्नुपर्ने बताउनुभयो।त्यस्तै कार्यक्रममा अस्पतालका तर्फबाट
धन्यवाद मन्तव्य अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सनत नेपाल ले राख्दै
कपिलवस्तु
जेसीजले सामाजिक छेत्रमा काम गर्दै गर्दा अस्पतालमा बिरामीलाई फलफूल बितरण
गरि बिरामिको घाउमा मलम लगाउने काम गरेकोमा धन्यवाद समेत ब्यक्त गर्नु
भएको थियो। उक्त कार्यक्रममा अङ्गुर ,सुन्तला , स्याउ फ्रुटी जस्ता फलफूल
करिब १०० जना बिरामिलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बिरामी सङ्ग
गई उनिहरुको पीडा कम गराउन सान्त्वना दिने काम गरिएको थियो।