७२ अाैं प्रजातन्त्र दिवसकाे अवसरमा चारअालि जेसीजद्वारा दिप प्रज्वलन कार्यक्रम

2022-02-20

चारआली जेसिजले शनिबार दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

जेसिजले ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा मेचीनगर नगरपालिका वडा नंं.१३ स्थित चारआलीमा दिप प्रज्वलन गरेको हो ।

चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा ‘विरु’को अध्यक्षतामा भएको कार्यक्रममा चारआली जेसिजका संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल, चारआली जेसिज वर्ष २०१५ का अध्यक्ष राजेश गिरी, वर्ष २०१९ का अध्यक्ष उत्तमप्रसाद पकुवाल, वर्ष २०२० का अध्यक्ष दिपेन्द्र निरौला, वर्ष २०२१ का अध्यक्ष सन्तोष न्यौपाने, बोर्डका पदाधिकारी, सदस्य तथा स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

साथै १०४ वर्ष लामो निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ ।

JCI News Archive