बिराटनगर जेसिजले बिराटनगर ४ को विभिन्न बिपन्न बस्तीमा रहेका बिपन्न बर्गका जनतालाइ न्यानो कपडा बितरण गरेको छ । ४५ परिवार लाई प्रदान गरिएको उक्त कार्यक्रममा बिराटनगर जेसिजका पुर्व अध्यक्ष ठाकुर प्रसाद आचार्यको प्रमुख आतिथ्यता तथा बिराटनगर महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष देबेन्द्रराज पोखरेलको बिशिस्ट आतिथ्यता तथा बिराटनगर जेसिजका अध्यक्ष देवचन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
बिराटनगर जेसिजका कार्यकारिणी उपाध्यक्ष रमेश अधिकारी ले सो कार्यक्रम माथी प्रकाश पार्दै जेसिजलाई समाज सग जोड्दै समाजका मानिसहरुको दुख पिडामा साथ दिन यो कार्यक्रम आयोजना गरिएको र यसले थोरै भए पनि स्थानीय जनता लाभान्वित हुने बिचार व्यक्त गर्दै उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो भने कार्यक्रम सयोजक राजेन्द्र पराजुली ले कार्यक्रम मा उपस्थित भएर साथ दिने दाता जेसिज सदस्य स्थानीय जन्ता समाजसेवी लगायत सबैमा धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
बिराटनगर महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य बलक राजबशी ले जेसिजको यो अभियानले बिपन्न लाई राहत पुग्ने र आगामी दिनमा नि यस्ता कार्यलाइ निरंतरता दिन अनुरोध गर्नु भयो ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रमुख अतिथि टि पि आचार्यले जेसिजले मानवताको सेवा लाई सर्बोपरी ठान्दै गरेको कार्यक्रम उत्कृष्ट रहेको साथै यस किसिमको कार्य ले समाज मा रहेका गरिब तथा बिपन्न परिवारमा थोरै भए नि खुसी छाउने कुरामा आफू बिश्वस्त रहेको बताउनु भयो ।।
त्यस्तै बिशिस्ट अतिथि वडा नम्बर ४ का अध्यक्ष देबेन्द्रराज पोखरेलले जेसिज ले गरेको कार्यको सरहना गर्दै ,राहत बितरणको सदुपयोग गर्दै सहभागी हुन र अत्यावश्यक भएकाले मात्र राहत ग्रहण गरेर दिन दुखी ले पाउने बाताबरण बनाउन आग्रह गर्नु भयो।
त्यस्तै अध्यक्ष देवचन्द्र घिमिरेले यस्ता कार्यक्रम समय समयमा जेसिजले आयोजना गर्ने गरेको र यस पटक बिराटनगर ४ का विभिन्न टोलमा रहेका जनतालाई थोरै भए नि राहत को महसुस हुने गरि सो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । जेसिजले समग्रमा युवाहरु लाई नेतृत्व र ब्यक्तित्व बिकासका लागि उत्प्रेरित गर्दै अघि बढाउने भएता पनि समय समयमा समस्यामा परेका जनताको सेवाको लागि परिचालित हुने गरेको बताउनु भयो ।
राहत स्वरुप न्यानो कपडा प्राप्त गरे पछि स्थानीय जनताले खुसी व्यक्त गर्दै जेसिजको उक्त कार्यको सरहना गरेका थिए भने जाडो को मुख्य समयमा न्यानो सामाग्री पाए पछि बाल बच्चा र वृद्ध हरुको लागि उपयोगी हुने भन्दै आगामी दिनमा नि यस्ता कार्यक्रम आयोजना हुनु पर्ने मा जोड दिएका थिए ।।
कार्यक्रममा स्थानीय समाजसेवीहरु , बिराटनगर जेसिजका बोर्ड तथा सदस्य स्थानीय जनता लगायत को उपस्थिति रहेको बिराटनगर जेसिजका जनसम्पर्क अधिकार निरज ढकालले जानकारी दिनुभयो ।।