एम्बुलेन्स सन्चालन निरन्तरता

2022-02-26

 मानवताको सेवामा कपिलवस्तु जेसिज नियमित रुपमा एम्बुलेन्स संचालन
संचालक:-कपिलवस्तु जेसिज
मिति:-नियमित रुपमा संचालन
स्थान:- बाणगङ्गा-१ बैरिया कपिलवस्तु
विवरण :-
कपिलवस्तु जेसिजले मानवताको सेवाका लागि संचालन गरेको एम्बुलेन्स सेवा बाट नियमित रुपमा सेवा संचालन गरेको छ। कपिलवस्तु जेसिज द्वारा यस छेत्रका बिरामी हरुलाई छिटो छरितो स्वास्थ्य सेवाका लागि अन्यत्र जान र अकालमा ज्यान गुमाउन नपरोस भनेर एम्बुलेन्स सेवा संचालन गरेको कपिलवस्तु जेसिजका अध्यक्ष जेसि गुरुदेव पौडेलले बताउनु भयो। दुर्गम छेत्रमा बिरामीको उपचार र दुर्घटनामा परेका बिरामिलाई चाडै स्वास्थ्य संस्थामा लैजानका लागि एम्बुलेन्स सेवा प्रभावकारी भएको छ। मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्यलाई आत्मसाथ गर्दै सेवालाई निरन्तरता दिएको कपिलवस्तु जेसिजका महासचिव चन्द्रकान्त पोख्रेलले बताउनु भयो। कपिलवस्तु जेसिज द्वारा संचालित एम्बुलेन्सले बार्षिक करिब ६०० भन्दा बढी बिरामिलाई सेवा दिने गरेको र बार्षिक रुपमा करिब ३ लाख बढि आम्दानी गर्ने गरेको छ। एम्बुलेन्स सेवाका लागि एम्बुलेन्स चालक बिष्णु भट्टराईलाई जिम्मेवारी दिएको छ भने कपिलवस्तु जेसिजको बोर्ड अफ ट्रस्टि ले यसको रेखदेख गर्ने गरेतापनी कपिलवस्तु जेसिजको बोर्डले एम्बुलेन्स सेवा संचालन गरेको छ। एम्बुलेन्स सेवाले यस वरपरका बासिन्दालाई धेरै राहत पुगेको छ। एम्बुलेन्स संचालन बाट कपिलवस्तु जेसिजको नियमित आम्दानीको स्रोत बनेको छ। वर्ष-२०२२ ले पनि थप प्रभावकारी तबरले एम्बुलेन्स सेवा संचालन गरि अझ सेवा बिस्तार गरेको छ।एम्बुलेन्स सेवालाई ब्यवस्थित बनाउदै अझ थप सेवामा निरन्तरता दिइएको छ।

JCI News Archive