बुटवल लेडी जेसीजको आतिथ्यतामा एवं बुटवल लेडी जेसीज,रामग्राम जेसीज, रामग्राम लेडी जेसीज,देवदह जेसीज र शुद्धोदन जेसीजको आयोजनामा बहुशाखा पदाधिकारी तालिम सम्पन्न

2022-02-27

मितीः २०७८ फाल्गुण ७ गते(19th feb,2022)
            बुटवल लेडी जेसीजको आतिथ्यतामा बुटवल लेडी जेसीज,रामग्राम जेसीज,रामग्राम लेडी जेसीज ,देवदह जेसीज र शुद्धोदन जेसीजको संयुक्त आयोजनामा बहुशाखा पदाधिकारी तालीम भव्यताका साथ सम्पन्न भएको छ।
  कार्यक्रममा आतिथ्य शाखा बुटवल लेडी जेसीजका अध्यक्ष जेसी अनुपमा श्रेष्ठको सभाध्यक्षता,रामग्राम जेसीजका अध्यक्ष जेसी अनिल उपाध्याय,रामग्राम लेडी जेसीजका अध्यक्ष जेसी अनिता दवाडी,देवदह जेसीजका निवर्तमान अध्यक्ष जेसी केशव पराजुली र शुद्धोदन जेसीजका अध्यक्ष जेसी मुकेश कुँवर ज्यूको अध्यक्षता एवं नेपाल जेसीज वर्ष २०१८ का राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्याल ज्यूको प्रमुख आतिथ्यता एवं प्रमुख प्रशिक्षण रहेको थियो।
      कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा बुटवल लेडी जेसीजका लागी निरुपित उपाध्यक्ष जेसी सन्दिप अग्रहरि ज्यूको विशिष्ट आतिथ्यता,बुटवल लेडी जेसीजका संस्थापक अध्यक्ष जेसी रेखा शर्मा कट्टेल ज्यू,नेपाल जेसीज -२०२२ का councillors academy director तथा मातृशाखा बुटवल जेसीजका पूर्व अध्यक्ष जेसी राजीव गौतम,नेपाल जेसीज-२०२२ का Advisor to the BOD तथा बुटवल लेडी जेसीज का पूर्व अध्यक्ष एवं सल्लाहकार-२०२२ सिनेटर राधिका पोखरेल ज्यू, नेपाल जेसीज -२०२२ क्षेत्र घ का तालिम आयुक्त जेसी वीर सिं महरा ज्यू,बुटवल लेडी जेसीज का पूर्व अध्यक्ष एवं सल्लाहकार जेसी रुपा पाण्डे,पूर्व अध्यक्ष जेसी लक्ष्मी थापा ज्यूको गरिमामय उपस्थिती रहेको थियो।
            कार्यक्रममा संयोजक एवं कानुनी सल्लाहकार जेसी कमला लम्सालको स्वागत मन्तव्य,उपाध्यक्ष जेसी पुनम पन्थको आस्थापाठ,उपाध्यक्ष जेसी सोनम पाठकको मिसन भिजन वाचन रहेको थियो भने बिशिष्ट अतिथी जेसी सन्दिप अग्रहरि ज्यूले शुभकामना मन्तव्य राख्नुभएको थियो।
        नेपाल जेसीजमा एक अब्बल र उत्कृष्ट नेतृत्व गरिसक्नुभएका एक कुशल प्रशिक्षक सिनेटर श्रीधर बस्याल ज्यूले जेसीजको बिषयमा अत्यन्तै गहिराईमा पुर्याई काम कर्तव्य र जिम्मेवारीका साथै शाखालाई नेतृत्वदायी संस्था कसरी बनाउन सकिन्छ र समाजमा सकारात्मक प्रभाव पार्न सकिन्छ भन्ने बिषयमा महत्वपूर्ण प्रशिक्षण दिनुभएको थियो ।
      कार्यक्रममा संस्थापक अध्यक्ष जेसी रेखा कट्टेल ज्यू,जेसी वीर सिं महरा ज्यू,जेसी राजीव गौतम ज्यू, एवं चारवटै शाखा अध्यक्ष ज्यूहरुले महत्वपूर्ण मन्तव्य राख्नुभएको थियो।
      कार्यक्रममा आतिथ्यशाखा बुटवल लेडी जेसीजका अध्यक्ष जेसी अनुपमा श्रेष्ठ ज्यूले सम्पूर्णलाई सहकार्य,समन्वय,साथ र उपस्थितीका लागी धन्यवाद सहित कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो भने कार्यक्रम बुटवल लेडी जेसीज वर्ष -२०२२ का महासचिव जेसी संगीता ढकालको सञ्चालनमा भएको थियो।
 

JCI News Archive