बाह्रदशी जेसीजद्वारा रक्तदान कार्यक्रम

2022-02-28

बाह्रदशी । सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रस भद्रपुरसंगको सहकार्यमा बाह्रदशी जेसीजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बाह्रदशी गाउँपालिका वडा नं ६ स्थित बिहीबारे बजारमा आयोजित कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । रक्तदानमा स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवी लगायत उपस्थित रहेका आयोजक शाखाका महासचिव टंक बहादुर कार्कीले जानकारी दिए।

कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान गरिएको हो। बाह्रदशी वडा नं ६ का वडाध्यक्ष रत्‍न प्रकाश योङ्गहाङ्गको प्रमुख आतिथ्यता तथा शाखा अध्यक्ष पुष्पलाल धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजन विश्वास गौतमले गरेका थिए


JCI News Archive