लम्कि जेसिज द्वारा चिसापानी कामेश्वर शिवमन्दिर सरसफाई सहित डस्टविन हस्तान्तरण तथा पानी बितरण

2022-03-01
लम्कि जेसिज लम्किले हिन्दुहरूको पर्व महाशिवरात्रीको अवसर पारेर सुदुरपश्चिमको प्रवेशद्वार कर्णाली चिसापानीमा रहेको कामेश्वर शिव मन्दिरमा सरसफाई डस्टबिन हस्तान्तरण तथा पानी बितरण कार्यक्रम सम्पन्न गरेको छ ।

लम्कि जेसिज बर्ष २०२२ का अध्यक्ष जेसि नेत्रप्रसाद जैशीको अध्यक्ष्यतामा भएको कार्यक्रमका प्रमुख अतिथि ईलाका प्रहरी कार्यालयका प्रमुख पुष्कर राज पन्त रहनुभएको थियो । भने बिशिस्ट अतिथीमा कामेश्वर शिव मन्दिरका अध्यक्ष धिरज शाही रहनुभएको थियो । कार्यक्रममा नेपाल जेसिजका तालिम आयुक्त मोहन ढुंगाना,कैलाली होटल व्यवसायी संघका उपाध्यक्ष पर्जे धमाला लगायतले बोल्नुभएको थियो । लम्कि जेसिजले मन्दिरलाई २ थान ठुलो डस्टविन र १० पेटी पानी मन्दिरलाई हस्तान्तरण गरेको हो ।

महाशिवरात्रीको अवसर पारेर मन्दिरमा आउने श्रदालु ,भक्तजन तथा दर्शनार्थीहरूलाई पानी र मन्दिर परिसरमा फोहोर नहोस भन्ने हेतुले डस्टविन वितरण गरेको लम्कि जेसिज वर्ष २०२२ का अध्यक्ष नेत्रप्रसाद जैशीले जानकारी दिनुभयो । अध्यक्ष जैशीले आफू निर्वाचित भएपछि लम्किचुहा नगरपालिका अन्तरगतका १० वटै वडामा जेसिजका कार्यक्रम सन्चालन गर्ने उद्घोष गरेनुसार लम्कि जेसिजले विभिन्न तालिम तथा सामाजिक काम गर्दै आएको बताउनुभयो ।

लम्कि जेसिज बर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष जेसि रज बहादुर थापाले स्वागत गरेको कार्यक्रमको सन्चालन लम्कि जेसिजका महासचिव जेसि भरत खनालले गर्नुभएको थियोे ।


JCI News Archive