१ मार्च २०२२
मानविय सेवामा समर्पित रही बुटवल लेडी जेसीज-२०२२ ले ACT for IMPACT लाई अनुसरण गर्दै जेसीजका चार क्षेत्रहरु मध्ये सामुदायिक क्षेत्र अन्तर्गत रही “धर्म र संस्कृतीको जगेर्ना,सद्भावना र सहिष्णुताको भावना” भन्ने नारा बोकेर महाशिवरात्रीको अवसरमा लागूपदार्थ(भाङ,धतुरो)सेवन गरी विकृती फैलाउने नभई समाजमा सकारात्मक प्रभाव पार्ने अभिलाषा र वृद्धाश्रममा जीवन व्यतित गर्न बाध्य बुवाआमालाई हाम्रा चाडपर्व आएको महसुष गराउनुका साथै हर्षोल्लास पूर्वक र मनोरञ्जनात्मक शैलीले पर्व मनाउने वातावरण श्रृजना गरी समाजमा सकारात्मक सन्देश दिने हेतुले प्रसाद तथा केही आवश्यक खाध्धान्न वितरण र भजन कृतन कार्यक्रम आयोजना गरी भव्य र सभ्य ढङ्गबाट सम्पन्न गरिएको छ।
कार्यक्रमलाई सार्थकता र पूर्णता प्रदान गर्न समन्वयकारी भूमिकामा श्री शिद्धबाबा भजन मण्डली र राधेराधे भजन परिवार रहेको थियो।
कार्यक्रममा समुपस्थित प्रमुख अतिथी बुटवल उ.म.न.पा वडा नं२ का अध्यक्ष श्री रमेश नेपाल ज्यू,बिशिष्ट अतिथी यसै बृद्धाश्रमका व्यवस्थापन समितीका अध्यक्ष श्री महेश्वर श्रेष्ठ ज्यू,संस्थापक अध्यक्ष जेसी रेखा शर्मा कट्टेल ज्यूले बोल्दै यो कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारेको र अरुलाई पनि यस्तै प्रकारले कार्यक्रम गर्न प्रेरणा मिलेको बताउनुभयो। संस्थाका अध्यक्ष जेसी अनुपमा श्रेष्ठको सभाध्यक्षता रहेको यो कार्यक्रममा जेसी बसन्ता घिमिरेको आस्थापाठ,कार्यक्रम संयोजक जेसी रुपा श्रेष्ठ पाठक को स्वागत मन्तवय रहेको थियो भने अध्यक्ष जेसी अनुपमा श्रेष्ठले धन्यवाद सहित औपचारिक कार्यक्रम समापन भएको जानकारी गराउनुभयो।कार्यक्रम महासचिव जेसी संगीता ढकालको संचालनमा भएको थियो।