चारआली जेसिजले समुदायमा केन्द्रित भएर आफ्ना पदाधिकारीहरुको जन्मदिन मनाउँदै आएको छ ।
यसैक्रममा चारआली जेसिज वर्ष २०२२ का उपाध्यक्ष दिपक राईले आफ्नो जन्मदिनको अवसर पारेर मेचीनगर नगरपालिका वडा नंं.१४ का मोहमम्द मुस्लिमको परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
मेचीनगर नगरपालिका वडा नंं.११ निवासी राईले जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गरी जन्मोत्सवको अवसरमा खाद्यान्न सहयोग गरेका हुन् ।
चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा विरुको अध्यक्षतामा भएको सहयोग कार्यक्रममा मेचीनगर नगरपालिका वडा नंं.१४ का वडा सदस्य लालमत मिँया, बोर्डका पदाधिकारी, सदस्यलगायतको उपस्थिति रहेको थियो
उक्त अवसरमा चारआली जेसिजका आजीवन सदस्य टिकाराम रिजालले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन चारआली जेसिजका महासचिव सुजुप सुवेदीले गरेका थिए ।