उल्टो पैदल यात्री ऋषि परियार सम्मान कार्यक्रम

2022-03-07

मितिः वि.सं. २०७८।११।२३ ई.सं. 07.03.2022

कार्यक्रमः उल्टो पैदल यात्री ऋषि परियार सम्मान कार्यक्रम

अध्यक्षताः कञ्चन जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी राजन शर्मा पौडेल

अतिथिः स्वास्थ्यका लागि मेची महाकाली उल्टो पैदल यात्री श्री ऋषि परियार, निबर्तमान अध्यक्ष जेसी राधिका चौधरी, स्थानीय व्यक्तित्वहरु।

संयोजकः बर्ष २०२२ का उपाध्यक्ष जेसी नारायण शर्मा

आस्था पाठः जेसी नारायण शर्मा

संचालनः महासचिव जेसी बुद्धि प्रसाद रेग्मी

स्थानः सालझण्डी चोक सैनामैना रुपन्देही।

दिगो विकासका लक्ष्य योजनाः

क्षेत्रः सामाजिक

उद्देश्यः “स्वास्थ्यका लागि मेची महाकाली उल्टो पैदल यात्रा” नारा सहित यात्रा गर्नुहुने श्री ऋषि परियारलाई सम्मान गर्नु।

उपलब्धिः  मेची महाकाली उल्टो पैदल यात्री ऋषी परियारलाई कञ्चन जेसीजले आज सम्मान गरेको छ । १ महिना १८ दिन लगाएर रुपन्देहीको कञ्चन पुगेका परियारलाई आज एक विषेश कार्यक्रमको आयोजना गरि नगदसहित सम्मान गरिएको हो। दाङ तुलसीपुर निवासी परियारले झापाको मेची पुलबाट उल्टो पैदल यात्रा तय गर्नु भएको थियो । त्यहाँ पुग्न परियारलाई १ महिना ८ दिनको समय लागेको हो । सम्मानपछि बोल्दै परियारले यति लामो यात्रामा पाएको महत्वपूर्ण सम्मानले आफुलाई उर्जा मिलेको बताउनु भयो । कञ्चन जेसीजले सम्मान पत्र, खादा र नगद ५ हजारसहित आजको एक रातका लागि खान बस्नको व्यवस्था समेत गरेको थियो।उहाँहरुको जेसिज प्रतिको माया अनि विस्वास बढाउन सकिएको।

सहभागि संख्याः १००

JCI News Archive