JCI BIRATA LADY'S उत्कृष्ट नारी सम्मान 2078

2022-03-08

वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवको सक्रियतामा वीरता लेडी जेसीजको उत्कृष्ट नारी सम्मान यस वर्ष झापा भद्रपुरकी प्रभा घिमिरेलाई प्रदान गरिएको छ ।

वीरता लेडी जेसीजले गत वर्षदेखि वीरता लेडी जेसीजको पूर्व अध्यक्ष क्लवको सक्रियतामा तथा झापाका सम्पूर्ण महिला संघसंस्थाहरुको सहभागितामा गत वर्षदेखि शुरु गरिएको उत्कृष्ट नारी सम्मान यस वर्ष शिक्षासेवी घिमिरेलाई प्रदान गरिएको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले बताइन् ।
११२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर वीरता लेडी जेसीजसहित झापाका ३० वटा भन्दा वढी विभिन्न सामाजिक संस्थाले सामूहिक रुपमा शिक्षासेवी घिमिरेलाई उत्कृष्ट नारी सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा वीरता लेडी जेसीजले शिक्षासेवी घिमिरेलाई पदक तथा सम्मान पत्र प्रदान गरेको थियो भने ३० वटा भन्दा वढी संस्थाको तर्फबाट संयुक्त रुपमा एउटै सम्मान पत्र हस्तान्तरण गरिएको थियो । त्यस्तै ३० वटा भन्दा वढी संस्थाका प्रमुख तथा प्रतिनिधिले उत्कृष्ट नारी शिक्षासेवी घिमिरेलाई मायाको चिनो तथा खादा पहिर्याएर सम्मान गरेका थिए ।
उत्कृष्ट नारी सम्मान छनौट समितिको तर्फबाट सदस्य नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल भट्टराईले २०७८ को उत्कृष्ट नारीको रुपमा घिमिरेको नाम घोषणा गरेकी थिइन् ।


उत्कृष्ट नारी सम्मान छनौट समितिको संयोजकमा कनकाई कलेज विर्तामोडका संस्थापक शिक्षासेवी जयनारायण ढुंगाना र सदस्यहरुमा नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल भट्टराई र मेची क्याम्पस भद्रपुरकी पूर्व क्याम्पस प्रमुख टीका प्याकुरेल सदस्य रहेका थिए ।

उत्कृष्ट नारी सम्मान कार्यक्रमकी संयोजक वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष देवी भण्डारीको अध्यक्षता तथा प्रदेश नं. १ की पूर्व सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले स्वागत गरेकी थिइन् ।

वीरता लेडी जेसीजकी आजिवन सदस्य शिला ढकालले आस्था वाचन गरेको कार्यक्रमको औचित्यमाथी पूर्व अध्यक्ष कञ्चना ढकाल सिटौलाले प्रकाश पारेकी थिइन् भने जेसीआई मिसन भिजन पूजा काफ्ले खरेलले वाचन गरेकी थिइन् ।

कार्यक्रममा वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, महिला नेतृ उमा शिवाकोटी ,परिवारको तर्फबाट राजेन्द्र घिमिरे लगायतले झापा जिल्लामा असल र उत्कृष्ट काम गर्नेलाई प्रेरित गर्न तथा अरुलाई पनि त्यस्तै कार्यका लागि सकारात्मक प्रेरणा प्रदान गर्न वीरता लेडी जेसीजले उत्कृष्ट नारीको चयन गरी सम्मान गरेको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष तथा उत्कृष्ट नारी सम्मान छनौट समितिकी सचिव स्वस्तिका आचार्य सिटौलाले गरेकी थिइन् ।
वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवको सक्रियतामा वीरता लेडी जेसीजले गत वर्ष समाजसेवी तथा राजनीतिज्ञ गिरीराज कुमारी प्रसाईंलाई उत्कृष्ट नारी सम्मान प्रदान गरेको वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले जानकारी दिइन् ।

कार्यक्रम सकिए लगत्तै स्कटिङसहित उत्कृष्ट नारी घिमिरेलाई नगर परिक्रमासहित निवास पुर्याइएको थियो । http://birtajyoti.com/?p=10018

JCI News Archive