बाँके । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कोहलपुरमा पनि वृहत र्याली प्रर्दशन गरी मनाएको छ । र्याली कोहलपुर साझा चोक देखि लिएर चौराह सम्म पुगेर न्युरोड पुगी कोणसभामा परिणत भएको हो ।
कोहलपुर जेसिज र जुनियर जेसिजले कोहलपुर नगरपालिका अन्तरगर्तको महिला विकास तथा जेष्ठ नागरिक शाखासँग समन्वय गरी कार्यक्रम गरेको र उक्त कार्यक्रममा विभिन्न विद्यालय, गैर सहकारी सस्था, सुरक्षाकर्मी, समाजसेवी लगाएतका व्यक्तिहरू र्यालीमा समायोजित भएका थिए ।
उक्त कोणसभालाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाकि उपमेयर सन्जु चौधरीले हरेक कुरामा महिलाको पहुँच हुन अत्यावश्यक भएको बताइन् । उनले हरेक क्षेत्रमा महिलाले गुणस्तर शिक्षा, स्वास्थ्य नपाएको कारण पछि हट्नु परेकोले अबको दिनमा हरेक क्षेत्र सघंसस्थामा महिलाको उपस्थिति र अग्रसर भुमिका हुनुपर्ने उपमेयर चौधरीको भनाइ छ ।
नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो ।