नारी सम्मान कार्यक्रम

2022-03-09

जनकपुरधाम, फागुन २४ : जनकपुरधाममा पनि विविध कार्यक्रम ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । यसैअवसरमा मंगलबार जनकपुर जेसीजले जानकी वृद्धा आश्रममा नारी सम्मान कार्यक्रम गरेको छ ।

कार्यक्रममा जेसीस जनकपुरका अध्यक्ष राजकुमार साहले आश्रममा बस्दै आएका वृद्धाहरूको रेखदेखका ५१ सय रुपैयाँ उपलब्ध गराउनुभएको छ । कार्यक्रममा आश्रमकी सञ्चालिका सीता अधिकारीलाई रकम हस्तान्तरण गरिएको थियो ।

उहाँले वृद्धा आमाहरूले आफ्नो परिवारबाट गरिएको दुव्र्यवहार कसैलाई नपरोस् भन्ने चाहना व्यक्त गर्नुभयो । कार्यक्रममा आश्रममा रहेका वृद्धाहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा जेसीसका पदाधिकारीहरूको उपस्थिति थियो ।


JCI News Archive