प्रस्तावित गल्याङ जेसिजले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि AFTER SEE सेमिनार गर्ने भएको छ । एसईई परिक्षा उत्तीर्ण भए पछि कुन विषय पढ्ने भन्नेमा विद्यार्थीहरु अलमलमा नपरुन भन्ने उदेश्यले उक्त कार्यक्रम राखिएको आयोजकले जनाएका छन् ।
उक्त सेमिनारमा कक्षा ११ मा पढ्न पाईने विषयहरु र ती विषयको पढाई पूरा गरे पछि जान सकिने क्यारियरको क्षेत्रबारे समेत जानकारी प्राप्त हुनेछ । क्यारियरलाई प्रभाव पार्ने क्षेत्रहरु, आफ्नो जन्मजात स्वाभाव अनुसारका क्यारियर तथा देश, काल, परिस्थिति र क्यारियरको सम्बन्ध पनि सेमिनारमा सामेल विषयहरु हुन् ।
विद्यार्थीहरुले कक्षाकोठामा सिक्न बाकी रहेका धेरै जीवन उपयोगी शिक्षा समेत उक्त सेमिनारमा प्राप्त हुने कुरा गल्याङ जेसिजका अध्यक्ष शिव प्रसाद खनालले जानकारी दिनुभयो ।
कार्यक्रम चैतको अन्तिम हप्ता देखि गल्याङ नगरपालिकाका विभित्र स्कुलहरुमा हुनेछन् । कार्यक्रममा जेसिआई नेपाल ट्रेनर, मनोविद एवम् जीवन प्रबिधीका अनुसन्धानकर्ता शिव खनाल लगायतले सहजीकरण गर्नुहुनेछ ।