कमल नगर जेसीजले सामाजिक न्याय , लैंगिक समानता र दिगो विकास संग सम्बिन्धित कार्यक्रम सन्चालन

2022-03-12

कमल नगर जेसीजले सामाजिक न्याय , लैंगिक समानता र दिगो विकास संग सम्बिन्धित कार्यक्रम सन्चालन गरे मात्र समाज रुपान्तरणमा सहयोग पुग्र्ने कार्यक्रममा सहभागहिरुले बताउनु भएको छ ।
११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर कमल नगर जेसीजले आयोजना गरेको“ सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासमा जेसीजको भुभिका” विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताउनु भएको हो ।
सामाजिक न्याय र लैंगिक समानता भएमात्र दिगो विकासको सुनिश्चितता हुने भएकोले आगामी दिनमा जेसीजले स्थानिय तह संंगको सहकार्यमा महिलाहरको क्षमता वृद्धिकालागी विभिन्न कार्यक्रम गर्नु पर्ने सहभागीले बताउनु भएको छ ।
अझैपनि महिला सहभागीता न्युन छ । यसो हुनुमा महिलाहरुमा ज्ञान ,सिप ,क्षमता र योग्यताको कारण महिला पछि पर्नु परेको स्वकार्दै आगामी दिनमा जेसीजले विभिन्न निकाय सैगको समन्वयमा महिलाको क्षमता विकास गर्दै समान सहभागीताका लागी जोडदिनु पर्ने सहभागीले बताउनु भएको छ ।
अन्तरक्रिया कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले,दमक नगरपालिका उपप्रमुख गिता अधिकारी,गौरादह नगरपालिकाका उपप्रमुख गिता भेटवाल, सामाजिक व्याक्ति रेगिना प्रसाईले आगामी दिनमा जेसीज संगको सहकार्यमा महिलाहरुकालागी क्षमता अभिवृद्धि गर्न आवश्यक सहयोग गर्ने बताउनु भएको छ ।
कार्यक्रममा कमल गाउँपालिकाका महिला जनप्रति,सामुदायीक विध्यालयका महिला प्रधानानध्यापक ,विभिन्न संघ सस्थाका प्रतिनिधीको उपस्थित रहेको थियो भने गौरादह र दमक नगरपालिका बाट पनि विभिन्न संघ सस्थाका तर्फ बाट सहभागी रहेको कार्यक्रम संयोजक जेसी मनिशा कठायतले जानकारी दिनुभयो ।
कमल नगर जेसीज वर्ष २२ का महासचिव भिम प्रसाद अधिकारीले सन्चालन गर्नु भएको कार्यक्रमको सहजिकरण कमल नगर जेसीज वर्ष २२ का अध्यक्ष जेसी नारायण बस्नेतले गर्नु भएको थियो ।

JCI News Archive