प्रजनन् स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम

2022-03-13

मिति २०७८/११/२८ गते शनिबारका दिन दाङ महिला जेसिजको आयोजनामा शाखा अध्यक्ष जेसि शारदा घर्ती ज्युको अध्यक्षतामा, नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका सस्थापक अध्यक्ष जेसि विमला योगी ज्युको प्रमुख आतिथ्यतामा, मितेरी हस्पिटल दाङका स्त्री रोग विशेषज्ञ डा अनुपमा शर्मा ज्यु प्रमुख प्रशिक्षक रहि घोराही १८ गिठेपानि दाङमा 'प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना' कार्यक्रम सम्पन्न गरियो। सम्योजक जेसी भिमा डि सीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमा दाङ महिला जेसिजका शाखा सम्पादक जेसि अर्चना शर्माले जेसिज आस्था पाठ गर्नु भएको थियो। प्रमुख अतिथि ज्युले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो। कार्यक्रममा किशोरी अवस्थादेखि वृद्द अवस्थासम्म महिलाहरूमा देखिने प्रजनन् स्वास्थ्य सम्बन्धी धेरै समस्याहरु र समाधानका बारेमा जानकारी गराइएको थियो। कार्यक्रममा ६५ जना महिला दिदि बहिनीहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको सहजिकरण महासचिव जेसी नारायणी भण्डारीले गर्नु भएको थियो ।

JCI News Archive