कमलनगर जेसिजले माया घर नेपाललाई आर्थिक सहयोग

2022-03-13

झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसिजले माया घर नेपाललाई आर्थिक सहयोग गरेको छ । शनिबार कमलनगर जेसिजले इटहरीमा रहेको समाज भएको विकृति विसंगतिलाई न्यूनिकरण गर्ने हिसां, सामाजिक समस्या भएका व्यक्तिहरु तथा सार्वजनिक स्थामा कष्टकर जीवन बिताइरहेका मानवहरुको पूर्नस्थापन गर्ने उद्धेश्यले स्थापना भएको माया घर नेपाललमा यही फागुन २१ गतेदेखि २८ गतेसम्म भएको ऐतिहासिक श्रीमत्भागवत जीवनदर्शन कथा सत्सङ्ग अक्षयकोष निर्माणार्थमा अक्षयकोषका लागि कमलनगर जेसिजले नगद रू. दश हजार प्रदान गरिएको कमलनगर जेसिज वर्ष २०२२ का अध्यक्ष नारायण बस्नेतले बताउनुभएको छ ।

यस माया घर नेपालले सुनसरीको इटहरीमा रहेर सडक मानव पुर्नस्थापना गर्ने, मानसिक समस्या भएका अति अशक्तहरुलाई उपचार गर्ने, स्थायी पुर्नस्थापनार्थ मनोपरामर्श गरी मेलमिलाप गराउने, आश्रितहरुलाई क्षमताको आधारमा सीपमूलक तालिम सञ्चालन गर्ने जस्ता कार्यहरु गर्दै आएको संस्थाका अध्यक्ष राधिका दासीले बताउनु भएको छ ।

त्यस्तै कमलनगर जेसिजले पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग, तालिम आदि गर्दे आएको छ ।

No description available

No description available

No description available



JCI News Archive