पत्रकार तिर्थराज भुसाल स्मृति ट्रष्ट कावासोतीको आयोजना,फिप्टिन ग्रुप नवलपुर र नवलपुर जेसीजको समन्वयमा एक दिने महिलाहरुको पाठेघर र पाठेघरको मुखको क्यान्सर सम्बन्धी परिक्षण बुलिङटारमा सम्पन्न भएको छ ।
मनकामना अस्पताल भरतपुरको प्राविधिक तथा विशेषज्ञ सहितको सहयोगमा आयोजित शिविरमा १०२ महिलाहरुले परिक्षण गराएकोमा ४८ जनामा समस्या देखिएको छ ।
जसमध्ये १७ जनामा पाठेघरको जटिल समस्या देखिएको छ भने २ जनाको अप्रेसन गर्नु पर्ने र एक जनालाई क्यान्सरको सामान्य लक्षण देखिएको अस्पतालका सञ्चालक एवं मेट्रोन कविता खतिवडाले जानकारी दिनु भयो । समस्या देखिएकाहरुलाई मनकामना अस्पतालले उपचारमा २० प्रतिशत छुट गर्ने समेत जानकारी खतिवडाले दिनु भयो ।