बुटवल । नेपाल जेसीजको आयोजना तथा बुटवल जेसीजको आतिथ्यतामा बुहशाखा तालिम शनिबार बुटवलमा सम्पन्न भएको छ । नेपाल जेसीज क्षेत्र घ अन्तरगतको १८ वटा शाखा अध्यक्ष सहित पदाधिकारी एवं सदस्यहरुका लागि CIRCLE OF EXCELLENCE विषयक तालिम सम्पन्न भएको हो । नेपाल जेसीज वार्षिक कार्यक्रम तालिका अनुसार क्षेत्र घ अन्तरगत तालिम सप्ताहको उद्घाटनको अवसर पारि पहिलो दिन निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी अर्जुन अधिकारी, निरुपित रहनु भएको शाखाहरुका लागि उत्त तालिम आयोजना गरिएको हो ।
बुटवल जेसीज, जेसीआई सिद्धार्थ, बुटवल महिला जेसीज, जेसीआई सिद्धार्थ लेडि, पाल्पा जेसीज, कपिलस्तु जेसीज, रामग्राम जेसीज, भलवारी जेसीज, रामनगर जेसीज, रामग्राम लेडि जेसीज, सुनवल जेसीज, तिलोत्तमा जेसीज, देवदह जेसीज, सैनामैना जेसीज, शिवराज जेसीज, प्रस्तावित बुद्धभूमि जेसीज, प्रस्तावित कञ्चन जेसीजबाट १ सय १० जना सहभागि रहेको सो तालिम नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष जेसी श्याम सुन्दर पौडेलको प्रमुख आतिथ्यता, बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । तालिममा प्रमुख प्रशिक्षक नेपाल जेसीजका पुर्व कानुनी सल्लाहकार तथा राष्ट्रिय प्रशिक्षक सिनेटर राजावावु शाह रहनु भएको थियो ।
बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले स्वागत मन्तब्य राख्दै बहुशाखा तालिमको आतिथ्यता गर्ने अवसर प्रदान गरेकोमा नेपाल जेसीजलाई धन्यवाद मन्तब्य प्रकट गर्नु भएको थियो । कार्यक्रममा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी अर्जुन अधिकारीले कार्यक्रमको उदेश्यबारे बोल्दै बहुशाखाहरु विच भावनात्मक एकता, बन्धुत्वको भावना र जेसीज अभियानलाई सशक्त बनाउन तालिमको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष जेसी श्याम सुन्दर पौडेलले तालिमको माध्यमबाट युवाहरुलाई सशक्तिकरण गर्दै सकाकारात्मक परिवर्तनको लागि तालिम उत्कृट रहेको बताउनु भयो । त्यसै गरी कार्यक्रमका विशेष अतिथि नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर अनुपमान सैंजले जेसीजका युवाहरु थप जागरुक भएर अघि बढनु पर्ने बताउनु भयो । कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष सिनेटर कमल भण्डारी, नेपाल जेसीज वर्ष २०१९ का प्रमुख सल्लाहकार सिनेटर संजिवराज रेग्मी, बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेटर दिनेश श्रेष्ठ, सिनेटर राजु पौडेल, सुनवल जेसीजका संस्थापक रेशम पौडेल, जेसीआई सिद्धार्थका पुर्व अध्यक्ष जेसी लेखनाथ भट्टराई, जेसीआई सिद्धार्थ लेडिकी निवर्तमान अध्यक्ष जेसी विन्दु काफ्ले लगाएतको उपस्थिती रहेको थियो । बुटवल जेसीजका उपाध्यक्ष जेसी रमेश अर्याल संयोजकत्वमा आयोजित कार्यक्रममा जेसीआई सिद्धार्थका अध्यक्ष राकेश गुरुङले जेसीजको भिजन मिसन बाचन गर्नु भएको थियो भने कपिवस्तु जेसीजका अध्यक्ष जेसी खुमानन्द घिमिरेले आस्था पाठ गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै जेसीआई सिद्धार्थ लेडिकी अध्यक्ष जेसी पार्वती पौडेल र प्रस्तावित कञ्चन जेसीजका अध्यक्ष जेसी चुणामणि पौडेलले तालिम ब्यवहारिक जिवनको लागि अति उपयोगी रहेको बताउनु भयो । बुटवल जेसीजका महासचिव जेसी राजिव गौतमको सञ्चालनमा भएको कार्यक्रममा रामनगर जेसीजका अधयक्ष जेसी हिमा देवि न्यौपानेले धन्यवाद मन्तब्य राख्नु भएको थियो ।