स्वस्थ रहौ ब्यस्त रहौ भन्दै गैंडाकोट जेसीजले मनायो होली पुर्णिमा

2022-03-17

गैंडाकोट जेसीजको आयोजनामा होली मिलन एवम फुटसल कार्यक्रममा सम्पन्र।।
गैंडाकोट जेसीजको आयोजनामा होली मिलन एवम फुटसल कार्यक्रममा सम्पन्र भएको छ । सदस्य र कार्यसमिति बिच भएको पहिलो खेलमा कार्यसमितिे टिम बिजय भएको थियो ।त्यसैगरी निदेशक र पूर्व अध्क्षय बिच भएको दोस्रो खेलमा निदेशकको टिम बिजय भएको थियो ।कार्यसमिति र निदेशक टिम बिच भएको फाइनल खेलमा निदेशक टिम बिजय भएको छ । खेलमा शंकर अधिकारी र सविन घिमिरे ले ह्याटि्रक गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद संघ नवलपुरका अध्यक्ष सेतमान पुनले जेसीजले खेल संगै युवाहरुको ब्यक्तित्व विकासका लागि गरेको कामको तारिफ गर्नुभयो ।
कार्यक्रममा गैंडाकोट जेसीजका संस्थापक अध्यक्ष बद्री सापकोटाले जेसीजले बिगतमा पनि गैंडाकोटमा रहेका खेलाडीहरुसंग सहकार्य गर्दै कार्यक्रमहरु गरेको स्मरण गर्दै आगामी दिनहरुमा पनि सहकार्य गरेर अगाडी बढ्न सुझाव दिनुभयो ।
त्यसैगरि कार्यक्रममा जिल्ला खेलकुद संघ नवलपुरका महासचिव लक्ष्मण कार्कीले खेलकुदले ब्यक्तिको मात्र नभई समग्र समाजको नै बिकास गर्ने भएकाले युवाहरुले खेलप्रति मोह देखाउनु सकारात्मक भएको बताउनुभयो ।
कार्यक्रममा गैंडाकोट जेसीजका पुर्व अध्यक्ष गणेश शर्मा पौडेल,भानुभक्त रिमाल,कृष्णहरी सापकोटा,रमेश काफ्ले,निवर्तमान अध्यक्ष दया सापकोटा लगायतका अतिथिले फागु पुर्णिामाको शुभकामना व्यक्त गर्नुभएको थियो । वर्ष २०२२ का महासचिव रोजन घिमिरेले सहजीकरण गर्नुभएको औपचारिक कार्यक्रम गैंडाकोट जेसीजका अध्यक्ष शंकर अधिकारी को सभापतित्वमा सम्पन्न भएको थियो ।

JCI News Archive