नवलपुर ,चैत २०७८, ५
नवलपुर जेसीज २०२२ ले होली मनाएको छ । शुक्रबार कावासोती ३ मा रहेको जेसीजको भवनमा आपसी सद्भाव र भाइचारालाई आत्मा साथै गर्दे होली मिलन कार्यक्रमको आयोजना गरि होली पर्व मनाएको छ । जेसीज बर्ष २०२२ अध्यक्ष जेसी राधिका भुसालको अध्यक्षता एवम् संस्थापक अध्यक्ष बैकुण्ठ अर्यालकोे प्रमुख आतिथ्यतामा होली मिलन कार्यक्रम मनाएको हो । ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी अर्यालले जेसीजले सामाजिक कार्यसँगै नेपालीहरुले धर्म संस्कृति, संरक्षण गर्ने उद्देश्यले चाडपर्वलाई मनाउँदै आइरहेको बताउनुभएको थियो ।
कार्यक्रममा पूर्व अध्यक्षहरु सगै जेसीजमा आवद्द सम्पूर्ण सदस्यहरुलाई रङ्ग लगाईदिदै शुभकामना आदान प्रदान गरिएको थियो । यस्ता कार्यक्रमले आपसी सद्भाव बढाउनुका साथै नेपालीहरुको
संस्कृति संरक्षणमा पनि टेवा पुग्ने हुदा होली मिलन कार्यक्रमको आयोजना गरिएको जेसी राधिका भुसालले बताउनुभयो ।
कार्यक्रममा पूर्व अध्यक्ष नवराज सुवेदी,कृष्ण प्रसाद अर्याल,नारायण न्यौपाने, राधा शर्मा उपाध्याय लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको संयोजन उपाध्यक्ष विमल कुमा्र जोशीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव लोकनाथ सिंमखडाले गर्नुभएको थियो ।