बर्दघाट जेसीज र बर्दघाट गाईजको होली हँगामा संगै झुमे बर्दघाट बासी

2022-03-19

बर्दघाट जेसीजको आयोजना र बर्दघाट गाईजको सहकार्यमा होली हंगामा २०७८ शुक्रबार सम्पन्न भएको छ । होली पर्वको दोश्रो दीन तराई होलीको अवसर पारेर बर्दघाट स्थीत पुरानो चौकीमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो ।
बर्दघाट जेसीजले बर्दघाट नगर र आसपासका पालीकाहरुका युवाहरुमाझमा बन्धुत्व भावना बढाउनका लागी कार्यक्रम आयोजना गरिएको थियो । डिजे भेडारले होली हंगामा दर्शकहरुलाई मज्जाले नचाएका थिए ।



होलीको अवसरमा आयोजना गरिएको महिला घैटोफोर कार्यक्रममा ४१ जना महिला दिदीबहिनीहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा संचारकर्मी सम्झना पौडेल सुवेदीले घैटो फुटाएर पुरस्कार स्वरुप ३ हजार रुपैयाँ प्रँप्त गर्नुभएको थियो ।



युवा यु्वतीलाई मध्यनजर गर्दै जमीन भन्दा माथी २५ फिटको उचाईमा मड्का झुण्डाएर फुटाउने प्रतियोगितामा ४ समुहले सहभागिता जनाएका थिए । जस मध्ये १ महिलाको समुह रहेको थियो भने ३ वटा पुरुषहरुको समुह रहेको थियो । प्रतियोगितामा फिलिमहल समुहले मड्का फुटाउन सफल भएको थियो । विजेता समुहले १५ हजार नगद पुरस्कार प्राप्त गरेको थियो ।

धार्मीक तथा सांस्कृतीक महत्व बोकेका कार्यक्रमहरुले जेसीजलाई हेर्ने धारणा मा सकारात्मक परिवर्तन ल्याउने बर्दघाट जेसीजका अध्यक्ष जेसी दिनेश न्योपानेले बताउनुभयो । शिवरात्रीका दिन गरिएको प्रसाद वितरण तथा होली हंगामा कार्यक्रमले जनतामाझमा अन्तराष्ट्रिय संस्थाहरुले धार्मिक तथा सांस्कृतिक रुपमा समाजलाई अझ बलीयो बनाउने बुझाई बढेको समेत उहाँले बताउनुभयो ।

हजारौं दर्शकले खचाखच देखिएको होली हंगामा कार्यक्रममा दिनभर मानिसहरु एक आपसमा रंग लगाएर सद्भाव साटासाट गरिरहेका र संगै नाचीरहेका देखिन्थे ।

JCI News Archive