सुरुङ्गा जेसीजको तालिम सम्पन्न

2019-03-24

सुरुङ्गा जेसीजको आयोजनामा युवाहरुलाई लक्षीत गरेर संचालन गरिएको दुई दिने नेतृत्व विकास सम्वन्धि तालिम सम्पन्न भएको छ ।
सुरुङ्गा जेसीजको सभा हलमा सम्पन्न तालिमको प्रशिक्षकद्वय कुशुम उप्रेती र चन्द्रकला सिटौलाले सहजीकरण गरेका थिए । सामाजिक क्षेत्रमा हरेक संघसंस्थाहरुको नेतृत्व तहमा रहेर गतिविधि गर्दै आएको जेसीजले प्रविधिको विकाससँगै समय अनुसार परिवर्तनका लागि युवा नेतृत्व उत्पादन गर्ने उद्येश्यले तालिमको आयोजना गरेको सुरुङ्गा जेसीजका अध्यक्ष कमल कट्टेलले वताएका छन् । व्यक्तित्व साथै नेतृत्व विकासका लागि जेसीजलाई एउटा विश्व विद्यालयका रुपमा लिन सकिने कुरालाई प्रष्ट पार्दै सुरुङ्गा जेसीजका अध्यक्ष कट्टेलले जेसीजवाट उत्पादन भएका हरेक युवाहरुलाई तत्कालका लागि  समुदायमा आधारित गतिविधि संचालन गर्न तालिमले सहयोगीको भूमिका खेल्ने वताएका छन् ।
सुरुङ्गा जेसीजका अध्यक्ष कट्टेलको सभापतित्वमा सम्पन्न तालिममा ह्याबिट्याट नेपालका फोकल पर्सन मातृकाप्रसाद सुवेदीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । तालिममा सहभागी ४० वढी युवाहरुलाई सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष शिव कडेलले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रम संयोजक राजकुमार कट्टेलले स्वागत तथा अर्जुन वोहोराले आस्थावाचन गरेको कार्यक्रममा सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष शिव कडेल,युवा समाजसेवी दिपक चापागाईँ, तालिममा सहभागीका तर्फवाट विशाल कडेल र रमिता रसाइली लगायतले मन्तव्य राखेको औपचारिक कार्यक्रमको संचालन महासचिव प्रविन तिम्सिनाले गरेका थिए ।


JCI News Archive