बर्दघाट जेसीजको शाखा भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न

2022-03-19

बर्दघाट जेसीजको शाखा भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । बर्दघाट जेसीजको वर्ष २०२२ का लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी नेत्रलाल भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता वर्ष २०२२ का शाखा अध्यक्ष दिनेश न्यौपानेले गर्नुभएको थियो ।



कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहनुभएका नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा बर्दघाट जेसीजका निरुपीत उपाध्यक्ष जेसी नेत्रलाल भट्टराईले जेसीजले युवाहरुलाई व्यवसायिक क्षेत्र र सामाजिक क्षेत्रमा स्थापित गर्नका लागि निकै प्रभावकारी भूमिका निर्वाह गरेको बताउनुभएको थियो । उहाले बर्दघाट जेसीज लाई उत्कृष्ट बनाउनका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिवद्दता समेत व्यक्त गर्नुभएको थियो ।



कार्यक्रमा आई पी पी जेसी गणेश न्यौपाने ले युवाहरुले जोस जागर देखाउँदै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।   संस्थापक अध्यक्ष जेसी राजु न्यौपानेले संस्था स्थापना कालको संघर्स स्मरण गर्दै अहिले जेसीज प्रति युवाहरुको आकर्षण बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभएको थियो । उहाले बर्दघाट जेसीज देशभरमा उत्कृष्ट शाखाको रुपमा सम्मानित होस भनी शुभेच्छा प्रकट गर्नुभएको थियो ।



शाखा अध्यक्ष जेसी दिनेश न्यौपानेले शाखालाई उत्कृष्ट बनाउने गरी कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभएको थियो । राष्ट्रिय प्रकरणलाई ध्यानमा राख्दै अवार्डकै लागी दिनमा धेरै कार्यक्रम होईन समाज र युवाकालागी प्रभाव पार्न सक्ने कार्यक्रम गर्दै आएको र सोही अनुसार कार्यक्रमहरु बनाएको बताउनुभयो । वरिष्ठ उपाध्यक्ष विक्रम पौडेलले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।



कार्यक्रमको संयोजन उपाध्यक्ष जेसी युवराज चापागाईले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव जेसी गणेश पाण्डे सिसमले गर्नुभएको थियो ।

JCI News Archive