नवलपुर जेसीजको आयोजनामा,एक दिने कानुनी शिक्षा कार्यक्रम सम्पन्न

2022-03-19

नवलपुर चैत ५ ।  नवलपुर जेसीजद्धारा आयोजित एक दिने कानुन शिक्षा कार्यक्रम सम्पन्न भएको छ । नवलपुर जेसीज वर्ष २०२२ का अध्यक्ष राधिका भुषालको अध्यक्षतामा सम्पन्न कार्यक्रमा कावासोती नगरपालीका वडा न.३ का अध्यक्ष अमृत कुमार श्रेष्ठ प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अहिलेको समय अनुसारको कार्यक्रम सान्दर्भीक रहेको बताउनुभयो ।

 

कानुनका कुरा जनप्रतिनिधीले जानिरहेको अवस्थामा समाजमा भए गरेका गतिविधीलाई सजक र सरल तरिकाले सञ्चालन गराउनका लागि कानुन सम्बन्धी जानकारी हुन पर्ने विषयलाई जोड् दिनु भयो । यस्तै प्रवक्ताबाट कानुनका शिक्षा सम्बन्धी कार्यक्रमा सञ्चालन गर्न पाउँदा आफु संगै महिलाहरु समेत सजक हुने बताउनु भयो ।


कार्यक्रमा नेपाल रेडक्रस सोसाइटीका सभापति बेद प्रसाद न्यौपाने,नवलपुर जेसीजका पूर्व अध्यक्ष बैकुण प्रसाद अर्याल,ओमप्रसाद पौडेल,नवराज सुवेदि लागाएतकोे उपस्थिति रहेको थियो ।एक दिने कानुन शिक्षा कार्यक्रम कावासोती नगरपालीका वडा न. ३ को सहकार्यमा रहेको थियो । कार्यक्रममा बोल्दै सहभागिले कानुन शिक्षा कार्यक्रम फलदायि रहेको बताउँदै यस्ता कार्यक्रम २/३ को राख्न अनु्रोध गरेका थिए । कार्यक्रममा कानुनी व्यवसाय तथा अधिवक्ता राधा शर्मा उपाध्यायले प्रशिक्षण दिनुभएको थियो ।


 समाजमा बढिरहेको हत्या हिसांलाई न्युनिकरण तथा स्थानीय जनतालाई सचेत गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न कार्यक्रममा कावासोती ३ का ४० जना महिलाहरुको सहभागिता रहेको थियो ।


JCI News Archive